Sep 20 2024 | २०८१, असोज ४ गते

प्रतिनिधिसभा बैठक : सगरमाथा क्षेत्र घुम्ने पर्यटकलाई सहजीकरण गर्न सांसदको सुझाव

प्रतिनिधिसभा बैठक : सगरमाथा क्षेत्र घुम्ने पर्यटकलाई सहजीकरण गर्न सांसदको सुझाव

एभरेष्ट हेडलाइन्स
बिहीबार , जेठ २४ २०८१
एभरेष्ट हेडलाइन्स
बिहीबार , जेठ २४ २०८१
  • प्रतिनिधिसभा बैठक : सगरमाथा क्षेत्र घुम्ने पर्यटकलाई सहजीकरण गर्न सांसदको सुझाव

    काठमाडौँ । सांसद मानवीर राईले सगरमाथा क्षेत्र घुम्ने पर्यटकलाई सहजीकरण गर्न माग गरेका छन् । उनले भने, “संसारका पर्यटक सगरमाथा घुम्न आउँछन् । तर एकमात्र लुक्ला विमानस्थल चाप थेग्न नसक्ने अवस्थामा पुगेको छ । विमानस्थल विस्तार गर्न गतवर्षको बजेटले ध्यान दिन सकेन । सगरमाथा क्षेत्रको विकासका लागि थप काम गर्नुपर्छ ।”

    images
    images

    प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले दूधकोशी नदीबाट थप विद्युत उत्पादन गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद रुपा सो.शी चौधरीले संसदबाट कानुन निर्माण प्रक्रियामा लक्ष्य प्राप्ति हुन नसकेको बताउँदै यसमा सबै जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिइन् ।

    सांसद निशा डाँगीले सीमित बजेटको आकार भए पनि असिमित योजना घोषणा गरिरहेको सन्दर्भमा स्रोतको सुनिश्चितता नगरी ठूला योजना घोषणा नगर्न सुझाव दिए । सांसद अनिशा नेपालीले स्थानीय सडक राष्ट्रिय राजमार्गसँग जोड्ने भनेर पटक–पटक बजेट छुट्याइने गरेको तर कार्यान्वयन ढिलाइ हुने गरेको उल्लेख गरे ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार