Nov 24 2024 | २०८१, मंसिर ९ गते

images

सहकारी छानबिन समितिको दोस्रो बैठक शुक्रबार, कार्ययोजनाको मस्यौदा प्रस्तुत हुने  

सहकारी छानबिन समितिको दोस्रो बैठक शुक्रबार, कार्ययोजनाको मस्यौदा प्रस्तुत हुने  

एभरेष्ट हेडलाइन्स
बिहीबार , जेठ २४ २०८१
एभरेष्ट हेडलाइन्स
बिहीबार , जेठ २४ २०८१
  • सहकारी छानबिन समितिको दोस्रो बैठक शुक्रबार, कार्ययोजनाको मस्यौदा प्रस्तुत हुने  

    काठमाडौँ । सहकारी संस्थाहरूमा भएको बचत रकम दुरुपयोग सम्बन्धमा छानबिनका लागि गठित संसदीय विशेष समितिको दोस्रो बैठक शुक्रबार बस्दै छ । पहिलो बैठक बुधबार बसेको थियो । 

    images
    images
    images

    दोस्रो बैठक ३ बजे सिंहदरबारमा बस्ने बताइएको छ । पहिलो बैठक बसेर कार्ययोजना बनाउने काम भएको विशेष समिति सदस्य सरिता भुसालले बताइन ।  उनका अनुसार पहिलो बैठकमा सबै सदस्यहरूले कार्ययोजना बनाउनेबारे छलफल गरेका थिए ।  भोलिको बैठकमा संसद् सचिवालयका कर्मचारीले सहकारी विशेष समितिलाई कार्ययोजना मस्यौदा बुझाउने कार्यक्रम रहेको संसद् बद्री पाण्डेको भनाइ छ । 

    उनकाअनुसार कार्ययोजनाको मस्यौदा पास भएपछि कुन सहकारीको पहिला छानबिन हुने या कसरी अगाडि बढ्ने भन्ने बारेमा छलफल हुने छ ।  उनले भने, ‘समितिको सचिवालयले भोलि कार्यविधिको मस्यौदा ल्याउँछ । त्यसबारे हामी छलफल गर्छौँ। त्यो पेस भएपछि छलफल हुन्छ । ’ 

    बुधबारको बैठकमा सभामुख देवराज घिमिरेको पनि  उपस्थिति थियो । सत्तापक्ष र प्रतिपक्षबीचको लामो रस्साकस्सीपछि सहकारी ठगी प्रकरण छानबिनका लागि गठित ‘संसदीय छानबिन विशेष समिति बनेको छ । 

    सत्ता साझेदार नेकपा एमालेका सांसद सूर्यबहादुर थापा क्षेत्रीको संयोजकत्वमा गठित समितिमा कांग्रेसबाट बद्रीप्रसाद पाण्डे र ईश्वरीदेवी न्यौपाने, एमालेबाट थापा क्षेत्री र सरिता भुसाल, माओवादी केन्द्रबाट लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा बाट ध्रुवबहादुर प्रधानलाई राखिएको छ ।

    यस्तै, संसद् सचिवालयका कर्मचारीलाई पनि जिम्मेवारी दिएको छ ।  सहकारी ठगी प्रकरण छानबिनका लागि सरकारले जेठ १५ गते ७ सदस्यीय संसदीय समिति गठन गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट