Sep 20 2024 | २०८१, असोज ४ गते

पर्यटन क्षेत्रमा रहेका अतिरिक्त कर हटाउछौँ : पर्यटनमन्त्री

पर्यटन क्षेत्रमा रहेका अतिरिक्त कर हटाउछौँ : पर्यटनमन्त्री

एभरेष्ट हेडलाइन्स
शुक्रबार, जेठ २५ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, जेठ २५ २०८१
  • पर्यटन क्षेत्रमा रहेका अतिरिक्त कर हटाउछौँ : पर्यटनमन्त्री

    काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले पर्यटन क्षेत्रतर्फ हवाई टिकटमा लगाइने भ्याट र अन्य अनावश्यक कर हटाउन सरकार लागि परेको बताएका छन् ।

    images
    images

    आज नेपाल एशोसिएशन अफ टुर्स एण्ड ट्राभल्स उजेन्ट्स (नाट्टा) को ५७औँ वार्षिक साधारणसभामा उनले पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनका लागि यस क्षेत्रका विभिन्न कर हटाउने विषयमा कुरा भइरहेकाले छिट्टै निष्कर्षमा पुगिने बताए। 

    पर्यटनमन्त्री तामाङले नेपालमा धेरैभन्दा धेरै विदेशी पर्यटक भित्र्याउन नयाँ गन्तव्यको खोजीका साथै पूर्वाधारमा सुधारसहित नयाँ योजना अघि बढाइएको बताए । उनले आन्तरिक र बाह्य पर्यटकलाई गर्मी र फुर्सदको मौसममा जान सक्नेगरी ‘इको हिल स्टेसन’ बनाउने योजना रहेको बताए ।

    काठमाडौँ उपयत्यकासँग जोडिएको महाभारतको शृङ्खलामा सरकारले पूर्वाधार तयार पार्ने र सरकार तथा निजी क्षेत्रले लगानी गर्ने गरी यो योजना अघि बढाइएको उहाँले जानकारी दिए । “हाम्रो हवाई तथा सडक यातायात सहज छैन, त्यसैले पूर्वाधार सुधार गर्नेतिर सरकारले सोचिरहेको छ । साथै, जनकपुर, पशुपति, लुम्बिनीजस्ता स्थललाई भारत, चीनजस्ता ठूलो जनसङ्ख्या भएका देशबाट पर्यटक भित्र्याउने र हाम्रो सेवालाई थप गुणस्तरीय बनाउने तथा पर्यटकको बसाइँ लम्ब्याउने हिसाबले पनि सोच्नुपर्छ”, पर्यटनमन्त्री तामाङले भने । उनले पर्यटन क्षेत्रको नीतिगत र संरचनागत सुधार गरी पूर्वाधार विस्तार, गन्तव्यको खोजी र प्रवर्द्धन गरिनुपर्नेमा जोड दिए । 

    नाट्टाका अध्यक्ष रमेश थापाले लयमा फर्किएको पर्यटनलाई थप चलायमान बनाउन सरोकारवाला सक्रिय भएर लाग्नुपर्नेमा जोड दिए । नाट्टाको नयाँ नेतृत्व चयनका लागि अहिले निर्वाचन प्रक्रिया चलिरहेको छ । त्यसअवसरमा पर्यटन क्षेत्रमा योगदान गर्ने विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार