Sep 20 2024 | २०८१, असोज ४ गते

सांसदले बजेट पुस्तिका अध्ययन गर्न समय माग गरेपछि संसद् बैठक स्थगित

सांसदले बजेट पुस्तिका अध्ययन गर्न समय माग गरेपछि संसद् बैठक स्थगित

एभरेष्ट हेडलाइन्स
आइतबार, जेठ २७ २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, जेठ २७ २०८१
  • सांसदले बजेट पुस्तिका अध्ययन गर्न समय माग गरेपछि संसद् बैठक स्थगित

    काठमाडौँ । प्रतिनिधि सभाको बैठक दुई दिनका लागि स्थगित गरिएको छ । सभामुख निवास बालुवाटारमा आज बिहान बसेको मुख्य दलका प्रमुख सचेतकसहितको बैठकले दुई दिन बैठक स्थगित गर्ने निर्णय गरेको हो । 

    images
    images

    विनियोजन विधेयक, २०८१ अन्तर्गत मन्त्रालयगत छलफलका लागि बजेट पुस्तिका अध्ययनका लागि दलहरूले समय माग गरेकाले बैठक स्थगित गर्नु परेको सभामुख देवराज घिमिरेको सचिवालयले जनाएको छ । 

    प्रतिनिधिसभामा आजदेखि विनियोजन विधेयकमाथि छलफल गर्ने कार्यसूची थियो । अब ती कार्यसूचीमाथि २९ गतेदेखि नियमित छलफल हुने सचिवालयले जनाएको छ ।

    सभामुख घिमिरेले बोलाएको बैठकमा उपसभामुख इन्दिरा राना, नेपाली कांग्रेसका सचेतक सुशीला थिङ, एमाले प्रमुख सचेतक महेश बर्तौला, माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाहीको उपस्थिति थियो ।  

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार