Sep 20 2024 | २०८१, असोज ४ गते

विराटनगरमा कोशी प्रदेश सडक आयोजनाको गाडीमा तोडफोड र आगजनी

विराटनगरमा कोशी प्रदेश सडक आयोजनाको गाडीमा तोडफोड र आगजनी

एभरेष्ट हेडलाइन्स
आइतबार, जेठ २७ २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, जेठ २७ २०८१
  • विराटनगरमा कोशी प्रदेश सडक आयोजनाको गाडीमा तोडफोड र आगजनी

    काठमाडौँ । मोरङको विराटनगरमा कोशी प्रदेश सडक आयोजनाको गाडीमा तोडफोड र आगजनी भएको छ । 

    images
    images

    आइतबार बिहान महेन्द्र मोरङ क्याम्पस अगाडि जम्मा भएका भीडले प्रदेश सडक आयोजनाको को १ झ ६४४ नम्बरको गाडीमा ढुंगा मुढा प्रहार गरी आगजनी गरेको मोरङ प्रहरीका प्रवक्ता ज्ञानेन्द्र बस्नेतले जानकारी दिए । 
    'हालसम्म कसले गर्‍यो केही थाहा भएको छैन । कसैलाई पनि नियन्त्रणमा लिएको छैन,' उनले भने ।

    मोरङको रंगेली नगरपालिकामा तोडफोड र नगर प्रहरी माथि आक्रमण गरेको आरोपमा मोरङ प्रहरीले शुक्रबार ६ जना विद्यार्थीलाई पक्राउ गरेको थियो । 

    उनीहरूमाथि प्रहरीले अभद्र व्यवहारको मुद्दामा कारबाही अघि बढाएको छ । त्यसकै विरोधमा आइतबार बिहान विद्यार्थीहरूले गाडी तोडफोड गरी आगजनी गरेका हुन् । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार