Sep 20 2024 | २०८१, असोज ४ गते

अछाम र दैलेख जोड्ने कर्णालीको झोलुङ्गे पुलमा अड्किए १३ खच्चड,उद्धार गरिँदै

अछाम र दैलेख जोड्ने कर्णालीको झोलुङ्गे पुलमा अड्किए १३ खच्चड,उद्धार गरिँदै

एभरेष्ट हेडलाइन्स
आइतबार, जेठ २७ २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, जेठ २७ २०८१
  • अछाम र दैलेख जोड्ने कर्णालीको झोलुङ्गे पुलमा अड्किए १३ खच्चड,उद्धार गरिँदै

     काठमाडौं । अछाम र दैलेख जिल्ला जोड्ने कर्णाली नदीमाथिको झोलुंगे पुलको लट्ठा चुँडिदा फसेका खच्चडको उद्धार सुरु भएको छ । स्थानीय भरत साउदका अनुसार दुवै जिल्लाका प्रहरी, सशस्त्र प्रहरी लगायतको टोलीले उद्धार थालेको हो ।

    images
    images

    पुलबाटै उद्धार सम्भव नभएकाले तार काटेर फसेका खच्चडलाई नदीमा खसाल्न थालिएको साउदले जानकारी दिए । ‘अहिलेसम्म ३ वटा खसालिएको छ । बाँकी खच्चड पनि खसाल्न तार काटिँदै छ’, उनले भने, ‘तल नदीमा डुंगा राखेर निकाल्ने काम भइरहेको छ । अरु उपाय सम्भव भएन ।’साउदका अनुसार पुलमा ५ जना व्यापारीका १६ वटा खच्चड फसेका छन् । नजिकै पक्की पुल रहे पनि व्यापारीले झोलुंगे पुलबाट एकैचोटि धेरै खच्चड लैजान खोज्दा दुर्घटना हुन पुगेको स्थानीयले दाबी गरेका छन् ।

    यो झोलुंगे पुलले सुदूरपश्चिम र कर्णाली प्रदेशलाई जोड्ने गर्दछ । पुल अछामको पञ्चदेवल विनायक नगरपालिका ९ र दैलेखको आठबीस नगरपालिका ४ लाई जोड्ने काम गर्दछ । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार