Nov 24 2024 | २०८१, मंसिर ९ गते

images

आँबुखैरेनी मुग्लिन खण्ड सञ्चालन

आँबुखैरेनी मुग्लिन खण्ड सञ्चालन

एभरेष्ट हेडलाइन्स
आइतबार, जेठ २७ २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, जेठ २७ २०८१
  • आँबुखैरेनी मुग्लिन खण्ड सञ्चालन

    तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी मुग्लिन सडक खण्ड सञ्चालनमा आएको छ । आँबुखैरेनी गाउँपालिका-४ साँखर ड्याम नजिक भासिएको सडक मर्मतका लागि आज बिहान १० बजेदेखि बन्द गरिएको उक्त सडक खण्ड दिउँसो १ः१० बजेदेखि सञ्चालन भएको हो । 

    images
    images
    images

    राजमार्ग बन्द भएको समयमा आँबुखैरेनीबाट मुग्लिनतर्फ जाने सवारी साधनलाई आँबुखैरेनी नजिक रोकिएको थियो । राजमार्ग सञ्चालन भएपछि रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रहरी नायब निरीक्षक सन्तोष पौडेलले जानकारी दिए । 

    उक्त ठाउँको हिलसाइडमा चर्किएर बसेको ढुङ्गाहरु झार्नुपर्ने भएकाले सडक अवरुद्ध गरेर काम गरिएको सडक डिभिजन कार्यालय दमौलीका प्रमुख पशुपति ज्ञवालीले जानकारी दिए। विसं २०७९ जेठ २७ गते वर्षाका कारण उक्त ठाउँमा सडक भासिएको थियो । हाल भासिएको सडक मर्मत भइरहेको छ । निर्माण व्यवसायी जिएस इन्जिनियरिङ प्रालि भरतपुरले सडक मर्मत गरिरहेको छ । मस्र्याङ्दी नदीदेखि पहिरो नियन्त्रणको काम भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट