Sep 20 2024 | २०८१, असोज ४ गते

प्रधानमन्त्री प्रचण्डसँग भारतका नवनियुक्त मन्त्री जयशंकरको शिष्टाचार भेट

प्रधानमन्त्री प्रचण्डसँग भारतका नवनियुक्त मन्त्री जयशंकरको शिष्टाचार भेट

एभरेष्ट हेडलाइन्स
सोमबार, जेठ २८ २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, जेठ २८ २०८१
  • प्रधानमन्त्री प्रचण्डसँग भारतका नवनियुक्त मन्त्री जयशंकरको शिष्टाचार भेट

    काठमाडौँ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग त्यहाँका नवनियुक्त संघीयमन्त्री एस जयशंकरले शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री प्रचण्ड बसेको होटेल ताजमा पुगेर सोमबार (आज) उनले भेट गरेका हुन् ।

    images
    images

    उक्त अवसरमा द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र विगतमा भएका सम्झौता एवं समझदारी कार्यान्वयनका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ । प्रधानमन्त्री प्रचण्डले भारतको मन्त्री पदमा नियुक्त भएकामा जयशंकरलाई बधाई एवं कार्यकाल सफलताको शुभकामना व्यक्त गरे । उनले आउँदा दिनमा दुई देशबीच रहिआएको आपसी एवं जनस्तरको सम्बन्ध थप प्रगाढ हुँदै जाने विश्वास व्यक्त गरेका सचिवालयले जनाएको छ ।

    मन्त्री जयशंकरले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी भएकामा प्रधानमन्त्री प्रचण्ड र नेपाल सरकारलाई धन्यवाद व्यक्त गरे । उनले दुई देशबीच भएका सम्झौता एवं समझदारीको कार्यान्वयनमा भारत सरकार गम्भीरतापूर्वक लागेको र सन्तोषजनक प्रगति भइरहेको जानकारी गराए । भेटमा प्रधानमन्त्री प्रचण्डकी छोरी गंगा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्रसचिव सेवा लम्साललगायत भारतस्थित नेपाली राजदूतावासका उच्च अधिकारीको सहभागिता थियो । भारतको विदेश मन्त्रालयका उच्च अधिकारी पनि सहभागी थिए ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार