Sep 20 2024 | २०८१, असोज ४ गते

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासङ्घको महाधिवेशन आगामी असारमा हुने

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासङ्घको महाधिवेशन आगामी असारमा हुने

एभरेष्ट हेडलाइन्स
सोमबार, जेठ २८ २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, जेठ २८ २०८१
  • नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासङ्घको महाधिवेशन आगामी असारमा हुने

    काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घको प्रथम राष्ट्रिय महाधिवेशन असार ११ देखि १३ गतेसम्म हुने भएको छ  । ‘सङ्गठित, प्रशिक्षित र समुन्नत समाज निर्माण अभियान, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र धर्म निरपेक्षताको रक्षार्थ प्रथम राष्ट्रिय महाधिवेशन’ भन्ने मूलनाराका साथ काठमाडौँमा प्रथम राष्ट्रिय महाधिवेशन हुने भएको हो ।

    images
    images

    विसं २०५५ मा स्थापना भएको महासङ्घले असार ११ देखि १३ गतेसम्म पहिलोपटक प्रथम राष्ट्रिय महाधिवेशन आयोजना गरेको महासङ्घका अध्यक्ष ओमबहादुर घर्तीमगरले जानकारी दिए। महाधिवेशन सम्पन्न गर्न अध्यक्ष घर्ती मगरको संयोजकत्वमा एक सय एक सदस्यीय मूल व्यस्थापन समिति गठन गरिएको छ । उक्त समितिमा केन्द्रीय सदस्य, जातीय सङ्घका अध्यक्ष, महासङ्घका प्रदेश अध्यक्ष र काठमाडौँ, भक्तपुर, ललितपुर महासङ्घका अध्यक्षहरू रहेका छन् ।
     
    अध्यक्ष घर्तीमगरका अनुसार महाधिवेशन व्यवस्थित बनाउन विभिन्न उपसमिति समेत गठन गरिएको छ । प्रचारप्रसार उपसमितिमा केन्द्रीय सदस्य पासाङ शेर्पा, आर्थिक उपसमितिमा मनमोहन छन्त्याल, स्वयम्सेवक परिचालन उपसमितिमा नेपाल तामाङ सङ्घका अध्यक्ष रामकृष्ण लामा, अतिथि सत्कार उपसमितिमा केन्द्रीय सदस्य केशाङ्मु शेर्पा संयोजक रहेका छन् ।

    आवास तथा भोजन व्यवस्थापन उपसमितिमा केन्द्रीय सदस्य टोपबहादुर थापामगर, मञ्च व्यवस्थापन उपसमितिमा केन्द्रीय सदस्य मदनलाल श्रेष्ठ, सांस्कृतिक कार्यक्रम उपसमितिमा नेपाल तमु सङ्घका अध्यक्ष भुवनसिंह गुरुङ र प्रतिनिधि दर्ता उपसमितिमा केन्द्रीय सदस्य रेनुका काउचा मगरलाई संयोजक तोकिएको अध्यक्ष घर्तीमगरले बताए । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार