Sep 20 2024 | २०८१, असोज ४ गते

७ दिनभित्र भाडाका सटर खालि गराउन सामुदायिक विद्यालयलाई काठमाडौँ महानगरको अल्टिमेटम 

७ दिनभित्र भाडाका सटर खालि गराउन सामुदायिक विद्यालयलाई काठमाडौँ महानगरको अल्टिमेटम 

एभरेष्ट हेडलाइन्स
सोमबार, जेठ २८ २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, जेठ २८ २०८१
  • ७ दिनभित्र भाडाका सटर खालि गराउन सामुदायिक विद्यालयलाई काठमाडौँ महानगरको अल्टिमेटम 

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरपालिका भित्रका सामुदायिक विद्यालयले भाडामा लगाएका सटरहरू ७ दिनभित्र खाली नगरे कारबाही गर्ने चेतावनी दिएको छ ।  

    images
    images

    सोमबार महानगरपालिकाले बानेश्वरस्थित बानेश्वर रत्नराज्य माध्यमिक विद्यालय लगायतका सामुदायिक विद्यालयहरूले भाडामा दिएका सटरहरू खाली गर्न निर्देशन दिएको हो ।

    ७ दिनभित्र व्यावसायिक प्रयोजनका सटरहरू खाली नगरे कारबाही प्रक्रिया अघि बढाउने महानगरले जनाएको छ । अनुगमनका क्रममा काठमाडौँ महानगरपालिकाका शिक्षा अधिकृत केशव ज्ञवालीले काठमाडौँ महानगरपालिका सामुदायिक विद्यालयहरूमा विभिन्न खालका टहरा र सटर बनाएर भाडामा लगाउने र भाडा लिने गरेको बताए ।

    उनले महानगरभित्र ३७ वटा विद्यालयले सटर भाडामा दिएको बताए । सामुदायिक विद्यालयमा अहिले विद्यार्थीको चाप बढेको र विद्यार्थीहरूलाई कक्षा कोठा साँघुरो भएकाले महानगरपालिकाले विद्यालयको स्थान विद्यार्थीहरूका लागि नै प्रयोजन गर्ने हेतु यो नीति लिएको उनले बताए ।

    महानगरले आइतबारदेखि यस अभियान अघि बढाएको हो । यो अभियानले साँघुरो भएको विद्यालयहरूलाई खेल स्थानको व्यवस्थापन र कक्षा कोठा बिस्तार गर्न सहयोग पुग्ने बताइएको छ । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार