Sep 20 2024 | २०८१, असोज ४ गते

प्रधानमन्त्रीसँग प्रतिनिधिसभामा प्रश्नोत्तर कार्यक्रम असार ६ गते

प्रधानमन्त्रीसँग प्रतिनिधिसभामा प्रश्नोत्तर कार्यक्रम असार ६ गते

एभरेष्ट हेडलाइन्स
मंगलबार, जेठ २९ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, जेठ २९ २०८१
  • प्रधानमन्त्रीसँग प्रतिनिधिसभामा प्रश्नोत्तर कार्यक्रम असार ६ गते

    काठमाडौँ । आगामी असार ६ गते प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम संचालन हुने भएको छ। संघीय संसद सचिवालयले सार्वजनिक गरेको संसदीय क्यालेन्डरमा असार ६ गते प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम संचालन गर्ने उल्लेख छ।

    images
    images

    प्रतिनिधि सभा नियमावली २०७९ परच्छिेद ९ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी कार्यक्रमको व्यवस्था छ। जहाँ प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग प्रत्यक्ष रुपमा सम्बन्धति महत्वपूर्ण विषयमा प्रश्न सोध्न सभामुखले प्रत्येक महिनाको पहिलो साताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्ने व्यवस्था छ।
    प्रतिनिधि सभाबाट आगामी आर्थिक बर्षको बजेट असार ७ गते पारित गर्ने तयारी भएको छ।

    संघीय संसद सचिवालयले तयार पारेको संसदीय क्यालेन्डरमा असार ७ गते प्रतिनिधि सभामा विनियोजन विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्ने भनिएको छ। अर्थमन्त्री वर्षमान पुनले यही जेठ १५ गते आगामी आर्थिक वर्षको लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट ल्याएका थिए।

    बजेटमाथि सामान्य छलफल सकिएको छ। मंगलबारदेखि मन्त्रालयगत बजेटमाथि छलफल सुरु हुँदैछ। मंगलबार चारवटा मन्त्रालयअन्तर्गत विनियोजन भएको बजेटमाथि छलफल गर्ने कार्यसूची छ। जसमा युवा तथा खेलकुद मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालय रहेका छन्।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार