Sep 08 2024 | २०८१, भदौ २३ गते

रेशम चौधरीको कटाक्ष - प्रधानमन्त्रीलाई म्युजिक भिडिओमा खेलाउन मन छ

रेशम चौधरीको कटाक्ष - प्रधानमन्त्रीलाई म्युजिक भिडिओमा खेलाउन मन छ

एभरेष्ट हेडलाइन्स
बुधबार, जेठ ३० २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, जेठ ३० २०८१
  • रेशम चौधरीको कटाक्ष - प्रधानमन्त्रीलाई म्युजिक भिडिओमा खेलाउन मन छ

    काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि व्यङ्ग्य गरेका छन् । बुधवार नेपाल समाजवादी पार्टी (नेसपा)को स्थापना दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री प्रचण्डलाई आफ्नो गीतमा मोडल (कलाकार) बनाउन चाहेको भन्दै व्यङ्ग्य गरेका हुन् ।

    images
    images

    देश र जनताको अवस्था दयनीय हुँदासमेत प्रधानमन्त्री प्रचण्ड फोटो खिच्ने र सामाजिक सञ्जालमा पोस्ट गर्नेमा मात्र सीमित भएको उनले आरोप लगाए ।  ‘हाम्रा प्रधानमन्त्री धेरै फुर्सदिला छन् । प्रधानमन्त्रीलाई गीतको मोडल बनाएर खेलाउन मन लागेको छ । म त फिल्मको डाइरेक्टर पनि हुँ । देशको विकास र जनताको अवस्था के छ ? उहाँ क्लिक फोटो खिच्यो, ट्याक्क ट्याक्क पोस्ट गर्‍यो । म खेती गर्दै छु अहिले खै मल ?’, प्रधानमन्त्रीमाथि उनले व्यङ्ग्यात्मक शैलीमा प्रश्न गरे ।

    यस्तै १० हजार जनप्रतिनिधि जम्मा भएर गरिएको नाउपाको महाधिवेशनलाई निर्वाचन आयोगले अवैध घोषणा गरेकोमा पनि उनले आक्रोश पोखे । ‘१० हजार जनप्रतिनिधि जम्मा भएर एक लाख ३९ हजार जनता भेला भएर गरेको महाधिवेशनलाई निर्वाचन आयोगले अवैध भन्दियो’, आक्रोश पोख्दै उनले भने, ‘महाधिवेशन नै नगर्नेहरू वैध, लाखौं जनता भेला भएर गरेको महाधिवेशन अवैध बडो अचम्म ।’ टिकापुर घटनामा जबरजस्ती दोषी बनाइएकालाई क्षतिपूर्तिसहित राज्यले माफी माग्ने बन्दोबस्ती गर्न उनले गृहमन्त्री रवि लामिछानेसँग आग्रह गरे । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट