Sep 20 2024 | २०८१, असोज ४ गते

गिरीबन्धु टि स्टेटका सञ्चालकले भने - गिरीबन्धु राज्यको सम्पत्ति होइन

गिरीबन्धु टि स्टेटका सञ्चालकले भने - गिरीबन्धु राज्यको सम्पत्ति होइन

एभरेष्ट हेडलाइन्स
बुधबार, जेठ ३० २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, जेठ ३० २०८१
  • गिरीबन्धु टि स्टेटका सञ्चालकले भने -  गिरीबन्धु राज्यको सम्पत्ति होइन

    काठमाडौँ। झापाको बिर्तामोडमा रहेको गिरीबन्धु टि स्टेट प्रा।लि।का सञ्चालक छत्र गिरीले गिरीबन्धु टि स्टेट राज्यको सम्पती नभएको बताएका छन् । 

    images
    images

    बुधवार झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै गिरीबन्धुका सञ्चालक गिरीले आफ्नो वा आफ्ना परिवारको स्वामित्वमा भएको गिरीबन्धु टि स्टेट राज्यको सम्पती नभएको बताएका हुन् ।

    उनले पत्रकारहरूसामु गिरीबन्धु टि स्टेट आफ्ना बाबु–बाजेले आर्जेको सम्पती भएको र त्यो सम्पती राज्यको नभएको बताए ।

    उनले आफ्नो निजी सम्पत्तिमा विभिन्न प्रकारको अफवाह फैलाइएको दाबी गए । २०२१ सालमा भूमि सम्बन्धी ऐन लागू हुनअघि नै गिरीबन्धुले चिया खेती बिस्तार गरेको गिरीको भनाइ थियो । हदबन्दी छुटमा ५ सय विघा जग्गा राख्ने अनुमति पाएकोमा अहिले गिरीबन्धुको नाममा ३ सय ९० विघा जग्गा रहेको उनले बताए ।

    सर्वोच्च अदालतको हालै गरेको फैसलालाई पालना गर्दै निकास खोज्ने काम भइरहेको उनले बताए । एकै पटक धेरै जग्गा पाउन गाह्रो हुने भएकाले विभिन्न व्यक्तिहरूसँगको सहकार्यमा जग्गाको कारोबार शुरु गरेको गिरीले स्वीकार गरे ।

    दीपक मलहोत्रा, विष्णुबहादुर राईलगायत व्यक्तिहरूसँग जग्गा विषयमा कारोबार भएको उनले बताए ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार