Sep 08 2024 | २०८१, भदौ २३ गते

बस स्टपमा भेटिएको यो पेन्टिङ ४ अर्ब २८ करोड ७७ लाख रुपैयाँमा बिक्दै

बस स्टपमा भेटिएको यो पेन्टिङ ४ अर्ब २८ करोड ७७ लाख रुपैयाँमा बिक्दै

एभरेष्ट हेडलाइन्स
शुक्रबार, जेठ ३२ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, जेठ ३२ २०८१
  • बस स्टपमा भेटिएको यो पेन्टिङ ४ अर्ब २८ करोड ७७ लाख रुपैयाँमा बिक्दै

    लन्डन । माथि देख्नु भएको चित्र आगामी जुलाईमा लिलामीमा बिक्दै छ । लिलामीमा यो चित्र ४ अर्ब २८ करोड ७७ लाख नेपाली रुपैयाँ अर्थात् ३ करोड २० लाख अमेरिकी डलरसम्ममा बिक्ने आशा गरिएको छ । दुई पटक चोरी भइसकेको यो चित्र इटलीका रिनेसा युगका चित्रकार टाइटनले बनाएका हुन् ।

    images
    images

    द रेष्ट अन फ्लाइट इन्टू इजिप्ट शीर्षकको यो चित्रले लिलामीमा १ करोड ९० लाख अमेरिकी देखि ३ करोड ३० अमेरिकी लाख डलरसम्म पाउने आशा गरिएको एक विज्ञप्तिमा लिलामी घरले बताएको छ । यो भित्रमा जिसस क्राइष्ट, मेरी र जोसेफ छन् ।

    यहुदीका राजाले बालक जिससलाई मार्न खोजेको थाहा पाएपछि तीनै जना इजिप्ट जाँदै गर्दाको चित्र हो यो । टाइटानको वास्तविक नाम तिसियानो भिचेलियो हो । उनले १६ औँ शताब्दीको पहिलो दशकमा आफ्नो करियरको शुरुआतमा यो चित्र बनाएका थिए ।

    टाइटानले आफ्नो जीवनको उत्तरार्द्धमा बनाएको अन्य तेल चित्रको तुलनामा यो सानो छ । यो चित्र दुई पटक चोरी भएको थियो । पछिल्लो पटक सन् १९९५ मा लङलिटबाट चोरिएको यो चित्र सात वर्षपछि लन्डनमा एउटा बस स्टपमा भेटिएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट