images

Jun 18 2024 | २०८१, असार ४ गते

नेपालमा उर्जा क्षेत्रमा नयाँ क्रान्तिको सुरुआत : उर्जामन्त्री बस्नेत

नेपालमा उर्जा क्षेत्रमा नयाँ क्रान्तिको सुरुआत : उर्जामन्त्री बस्नेत

एभरेष्ट हेडलाइन्स
शुक्रबार, जेठ ३२ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, जेठ ३२ २०८१
  • नेपालमा उर्जा क्षेत्रमा नयाँ क्रान्तिको सुरुआत : उर्जामन्त्री बस्नेत

    बागमती । उर्जा, सिँचाई तथा जलश्रोतमन्त्री शक्तिबहादुर बस्नेतले  नेपालमा उर्जा क्षेत्रमा नयाँ क्रान्तिको सुरुआत भएको बताएका छन् । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभ¥याङमा आज आयोजित ४०० केभी क्षमताको सवस्टेसन उद्घाटन समारोहमा उनले राजनीतिक परिवतनपछि उर्जा क्षेत्रमा नेपालमा उल्लेखनीय प्रगति भएको बताए । 

    images
    images

    मुलुकमा थप २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने कार्ययोजनाका साथ सरकार अघि बढेको मन्त्री बस्नेतले बताए । विद्युत् उत्पादनमा वृद्धि भएसँगै अब निर्यात गरी आयश्रोत वृद्धि गरिने उनको भनाइ थियो । तीनवटै तहका सरकार, नीजि क्षेत्र र जनसहभागितामा ‘जनताको जलविद्युत् कार्यक्रम’ सञ्चालन गर्न लागिएको सो अवसरमा मन्त्री बस्नेतले जानकारी दिए । 

    समारोहमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशको आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत हेटौँडाको रातमाटेदेखि राप्ती नदीसम्म ‘बाइपास सडक’ निर्माण गरिने बताए । राजनीतिक परिवर्तन भइसकेको सन्दर्भमा अब सबैको ध्यान मुलुकको विकास र समृद्धितर्फ जानुपर्नेमा जोड दिँदै उनले यसका लागि दलीय आस्थाभन्दा माथि उठ्न सबैसँग अनुरोध गरे । 

    समारोहमा मकवानपुरबाट प्रतिनिधिसभामा निर्वाचित सांसदद्वय दिपकबहादुर सिंह र महेश बर्तौलाले हेटौंँडा बजारको विस्तार र मध्यवर्ती क्षेत्रको समस्यालाई गम्भीररुपमा लिन सरकारसँग आग्रह गरे । 

    नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हेटौँडा ४०० केभी क्षमताको सवस्टेसन निर्माण सम्पन्न भएसँगै नीजि क्षेत्रसमेतको सहयोगमा जलविद्युत् उत्पादनतर्फ उल्लेखनीय प्रगति भइरहेको बताए । यसबाट स्वदेशमा विद्युत् प्रशारण सुनिश्चित गर्न र विद्युत् विदेशमा निर्यात गर्न बाटो खुलेको उनको भनाइ थियो ।  

    समारोहमा उक्त सवस्टेसन निर्माणमा योगदान पु-याउने निर्माण कम्पनी र प्राविधिकहरुलाई सम्मान गरिएको थियो । मुलुकको तेस्रो ठूलो सबस्टेसनको आज एक समारोहबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका थिए । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार