Sep 20 2024 | २०८१, असोज ४ गते

अर्थमन्त्रीले केही व्यापारीको इन्ट्रेस्टमा बजेट बनाएकाे अमरेशकुमार सिंहकाे आरोप

अर्थमन्त्रीले केही व्यापारीको इन्ट्रेस्टमा बजेट बनाएकाे अमरेशकुमार सिंहकाे आरोप

एभरेष्ट हेडलाइन्स
आइतबार, असार २ २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, असार २ २०८१
  • अर्थमन्त्रीले केही व्यापारीको इन्ट्रेस्टमा बजेट बनाएकाे अमरेशकुमार सिंहकाे आरोप

    काठमाडौँ । प्रतिनिधि सभाका सांसद डा. अमरेशकुमार सिंहले अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षका बजेट केही व्यापारीहरुको इन्ट्रेस्टमा बनाएको आरोप लगाएका छन् ।

    images
    images

    आइतबार प्रतिनिधि सभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र अर्थ मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै सांसद सिंहले माआवादी केन्द्र समाप्त हुने अवस्थामा रहेकाले अर्थमन्त्री पुनले सो पार्टीका जित्ने निर्वाचन क्षेत्रमा मात्रै सरकारले बजेट विनियोजन गरेको जिकिर पनि गरे । उनले बजेट जसरी विनियोजन गरेपनि मन्त्रीहरुलाई कानून नलाग्ने छुट संविधानले नै दिएको दाबी समेत गरे । नेकपा (माओवादी केन्द्र) का ३२ जना सांसदलाई लक्षित गरेको सो बजेट अर्थमन्त्री पुनले केही व्यापारीहरुको इन्ट्रेस्टमा बनाएको उनको भनाइ थियो । 

    यस्तै, सांसद सिंहले अर्थमन्त्री पुनले बजेट विनियोजनको क्रममा निर्धा सांसदहरुलाई बेवास्ता गरेको गुनासो पनि गरे ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार