Sep 20 2024 | २०८१, असोज ४ गते

विनियोजन विधेयकअन्तर्गत तीन मन्त्रालयका विभिन्न शीर्षकमा छलफल सम्पन्न

विनियोजन विधेयकअन्तर्गत तीन मन्त्रालयका विभिन्न शीर्षकमा छलफल सम्पन्न

एभरेष्ट हेडलाइन्स
आइतबार, असार २ २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, असार २ २०८१
  • विनियोजन विधेयकअन्तर्गत तीन मन्त्रालयका विभिन्न शीर्षकमा छलफल सम्पन्न

    काठमाडौँ । विनियोजन विधेयक, २०८१ अन्तर्गत आज विभिन्न तीन मन्त्रालयका शीर्षकमा छलफल सम्पन्न भएको छ ।

    images
    images

    प्रतिनिधिसभाको आजको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन, ऊर्जा, जलस्रोत तथा सिँचाइ र अर्थ मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफल सम्पन्न भएको हो ।

    छलफलमा सांसदहरूले दलीय आधारमा ती मन्त्रालयका विभिन्न शीर्षकमा टिप्पणी र सुझाव प्रस्तुत गरे ।

    सभाको अर्को बैठक यही असार ४ गते मङ्गलबार बिहान ११ बजे बस्ने छ । उक्त बैठकमा गृह, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय  र राष्ट्रपतिको कार्यालयसम्बन्धी विनियोजन शीर्षकमाथि छलफल हुनेछ । 

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार