Sep 20 2024 | २०८१, असोज ४ गते

सेवा सुविधा वृद्धिको माग गर्दै संसद् सचिवालयका कर्मचारीले गरे संसद भवनमा प्रदर्शन

सेवा सुविधा वृद्धिको माग गर्दै संसद् सचिवालयका कर्मचारीले गरे संसद भवनमा प्रदर्शन

एभरेष्ट हेडलाइन्स
मंगलबार, असार ४ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, असार ४ २०८१
  • सेवा सुविधा वृद्धिको माग गर्दै संसद् सचिवालयका कर्मचारीले गरे संसद भवनमा प्रदर्शन

    काठमाडौँ । तलब, अतिरिक्त भत्ता लगायतका सेवा सुविधा वृद्धिको माग गर्दै संघीय संसद् सचिवालयका कर्मचारीले संसद भवन नयाँ बानेश्वरमा प्रदर्शन गरेका छन्। उनीहरुले मंगलबार संसद भवनमा कालो पट्टी बाधेर विरोध प्रदर्शन गरेका छन्।  कर्मचारीको आन्दोलनका कारण केहिबेर प्रतिनिधिसभाको प्रत्यक्ष प्रसारणमा समेत असर परेको थियो। असार ७ गतेसम्म माग सुनुवाइ नभए त्यसपछि तेस्रो चरणको आन्दोलन थाल्ने उनीहरूको घोषणा छ।

    images
    images

    संघीय संसद सचिवालय कर्मचारी प्रशासन नियमावली, २०६५ लाई अद्यावधिक गरी अनुसूची १२ लाई समयानुकूल परिमार्जन गर्नुपर्ने, अतिरिक्त समय काम लगाए बापतको अतिरिक्त प्रोत्साहन भत्ताको व्यवस्था गर्नुपर्ने लगाएतका माग पुरा नभएसम्म आन्दोलन जारी रहने संसद सचिवालय, आधिकारीक कर्मचारी युनियनका अध्यक्ष गोविन्द प्रसाद बेल्बासेले बताए।

    उनीहरुले संघीय संसदका पदाधिकारीहरू तथा सदस्यहरूको तलबमानमा मर्यादाक्रम अनुसार समयानुकूल संशोधन गरिनु पर्ने तथा समिति तथा उपसमिति बैठक सञ्चालन कार्यविधिलाई समयानुकूल बनाउनु पर्ने, सचिवालयमा कार्यरत करारका कर्मचारीहरूलाई बजेट प्रोत्साहन तथा नेपाल सरकारले लागु गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गराउनुपर्ने लगाएतमा माग समेत अघि सारेका छन्। 

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार