images

Jun 26 2024 | २०८१, असार १२ गते

सहकारी छानबिन समितिले थाल्यो औपचारिक अनुसन्धान 

सहकारी छानबिन समितिले थाल्यो औपचारिक अनुसन्धान 

एभरेष्ट हेडलाइन्स
मंगलबार, असार ४ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, असार ४ २०८१
  • सहकारी छानबिन समितिले थाल्यो औपचारिक अनुसन्धान 

    काठमाडौँ । सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले औपचारिक रूपमा अनुसन्धान थालेको छ ।

    images
    images

    गत जेठ १५ गते बनेको समितिले मंगलबारदेखि मात्रै औपचारिक रूपमा सहकारीमा भएको रकम अपचलनबारे छानबिन थालेको हो ।

    यस क्रममा समितिले मंगलबार भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयसँग छलफल गरिरहेको छ । यस अघि समस्याग्रस्त देखिएका २९ वटा सहकारीको विवरण मागेको समितिले कार्यविधि र कार्ययोजना बनाएर औपचारिक छानबिन थालेको हो ।

    पहिलो चरणमा मन्त्रालय, सहकारी विभाग र सरोकारवाला मन्त्रालयसँग छलफल गर्ने समितिको तयारी छ ।समितिले पहिलो बैठक बसेको २३ जेठको तीन महिनाभित्र सहकारीको छानबिन गर्दै प्रतिवेदन बुझाउने जनाएको छ । सात सदस्यीय समितिको संयोजक एमालेका सूर्य थापा छन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार