Sep 20 2024 | २०८१, असोज ४ गते

 संसद् भवनको सुरक्षार्थ खटिएका प्रहरी गोली लागेको अवस्थामा मृत भेटिए

 संसद् भवनको सुरक्षार्थ खटिएका प्रहरी गोली लागेको अवस्थामा मृत भेटिए

एभरेष्ट हेडलाइन्स
बुधबार, असार ५ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, असार ५ २०८१
  •  संसद् भवनको सुरक्षार्थ खटिएका प्रहरी गोली लागेको अवस्थामा मृत भेटिए

    काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा डिउटीमा रहेका एक प्रहरी जवान मृत भेटिएका छन् ।

    images
    images

    संसद् भवनको पश्चिमपट्टिको २ नम्बर गेटमा हतियारसहित सुरक्षार्थ खटिएका प्रहरी जवान अजित गोले बुधबार बिहान ८ बजे मृत भेटिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए । 

     उनका अनुसार गोले संसद् भवनको बाँयापट्टि रहेको शौचालयमा मृत भेटिएका हुन् ।  उनले आफैंले बोकेको राईफलले निधारमा फायर गरेको देखिएको एसपी अधिकारीले बताए ।

    दोलखाको मेलुङ गाउँपालिका-०४ घर भएका २२ वर्षीय गोले नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपन दरबन्दी भई संघीय संसद् सुरक्षा वेस नयाँ बानेश्वरमा कार्यरत थिए । घटनाबारे थप अनुसन्धान भइरहेको एसपी अधिकारीको भनाइ छ । 

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार