Sep 20 2024 | २०८१, असोज ४ गते

संसदीय छानबिन विशेष समितिले दियो काममा तीव्रता

संसदीय छानबिन विशेष समितिले दियो काममा तीव्रता

एभरेष्ट हेडलाइन्स
बुधबार, असार ५ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, असार ५ २०८१
  • संसदीय छानबिन विशेष समितिले दियो काममा तीव्रता

    काठमाडौँ । सहकारी संस्थाको बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले कामलाई तीव्रता दिएको छ । बुधबार बिहान ११ बजेदेखि सिंहदरबारमा समितिको बैठक जारी छ । अहिले कानुन व्यवसायी र प्रहरी महानिरीक्षकसँग छलफल गरिरहेको समितिकी सदस्य ईश्वरी न्यौपानेले बताइन् । ‘आज सीआइबीको रिपोर्ट मौखिक होइन लिखित डकुमेन्ट लिन्छौँ,’ उनले भनिन् ।

    images
    images

    मंगलबार बसेको समितिको बैठकमा  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी, मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीसहितका सम्बद्ध निकायसँग प्रारम्भिक छलफल भएको थियो । उनीहरुले कानुनी र व्यवहारिक पक्षको जानकारी गराएको थिए ।

    समस्याग्रस्त २० वटा सहकारीका अध्यक्ष र पदाधिकारीहरूले प्रतिवेदन बुझाएका थिए । तीन वटा सहकारीको समस्या समाधान भइसकेको समितिलाई जानकारी गराइएको छ । न्यौपानेका अनुसार समितिलाई म्यान्डेट दिएका ९ वटा (उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मुछिएका) सहकारीको कागजात उपलब्ध गराउन समितिले भनेको छ ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार