भुक्तानी दिन माग गर्दै दुग्ध किसानको विरोध प्रदर्शन, ३४ जना पक्राउ
भुक्तानी दिन माग गर्दै दुग्ध किसानको विरोध प्रदर्शन, ३४ जना पक्राउ
काठमाडौँ । दुधको भुक्तानी दिन माग गर्दै किसानले विरोध प्रदर्शन गरेका छन् । दुधको भुक्तानी तत्काल दिन माग गर्दै आज उनीहरुले दुग्ध विकास संस्थान केन्द्रीय कार्यालय लैनचौरमा घेराउ गरेका हुन् ।
उनीहरुले दुग्ध उत्पादक कृषकहरुले दुग्ध विकास संस्थान लगायत निजी डेरीहरुबाट लामो समयदेखि दुधको भुक्तानी पाउन बाँकी रहेको भन्दै भुक्तानी दिन माग गरेका हुन् ।
विरोध प्रदर्शनका क्रममा ३४ जना किसानलाई प्रहरीले पक्राउ गरेको छ । भुक्तानी लगायत विभिन्न मागसहित पटक पटक गरेको सम्झौतारसहमति समेत कार्यान्वन नभएको किसानको गुनासो छ ।