Sep 20 2024 | २०८१, असोज ४ गते

सबै कवाडी बालेन शाहको घर र महानगर अगाडि लगेर थुपारौँ : अमरेशकुमार सिंह 

सबै कवाडी बालेन शाहको घर र महानगर अगाडि लगेर थुपारौँ : अमरेशकुमार सिंह 

एभरेष्ट हेडलाइन्स
बुधबार, असार ५ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, असार ५ २०८१
  • सबै कवाडी बालेन शाहको घर र महानगर अगाडि लगेर थुपारौँ : अमरेशकुमार सिंह 

    काठमाडौँ। प्रतिनिधि सभाका सांसद डा.अमरेशकुमार सिंहले सबै कवाडी काठमाडौं महानगरका मेयर बालेन्द्र शाहको घर अगाडि लगेर थुपार्न कवाडी सङ्घलाई आग्रह गरेका छन्। बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मेयर शाहले सिकाएको कुरालाई नै सिक्दै सबै कवाडी उनको घर र महानगर अगाडि लगेर थुपार्न सङ्घलाई आग्रह गरेका हुन्।

    images
    images

    उनले भने, 'काठमाडौं महानगरकै मेयर बालेन्द्र शाहले नै सिकाएका छन् काम भएन भने कार्यालयको अगाडि लगेर फोहोर मिल्काउने। म यो संसदबाटै कवाडी सङ्घलाई आग्रह गर्न चाहान्छु, सबै फोहोर मेयर बालेन शाहको अगाडि र महानगरको अगाडि लगेर थुपारौँ। त्यसको लागि हामी साथमा छौँ।'

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार