Sep 20 2024 | २०८१, असोज ४ गते

म व्यस्त भएर संसद् नआएको हो, भागेको होइन : प्रधानमन्त्री प्रचण्ड

म व्यस्त भएर संसद् नआएको हो, भागेको होइन : प्रधानमन्त्री प्रचण्ड

एभरेष्ट हेडलाइन्स
बिहीबार , असार ६ २०८१
एभरेष्ट हेडलाइन्स
बिहीबार , असार ६ २०८१
  • म व्यस्त भएर संसद् नआएको हो, भागेको होइन : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू व्यस्तताको कारण आफू संसद्मा नियमित रुपमा उपस्थित हुन नसकेको बताएका छन्। आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन्। उनले आफूले भारत भ्रमणका विषयमा सभामुखमार्फत् संसद्मा जानकारी गराउन आग्रह गरेको समेत बताए। 

    images
    images

    यसअघिको प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी, अन्य प्रतिपक्षी र सत्ता पक्षका सांसदहरुले प्रधानमन्त्रीले भारत भ्रमणबारे जानकारी नदिएको भन्दै आपत्ति जनाएका थिए। कतिपय सांसदहरुले प्रधानमन्त्री संसद्बाट भागेको भन्दै कटाक्ष समेत गरे। 

    सो विषयमा जानकारी दिँदै प्रधानमन्त्रीले भने, ‘म एक दिन राष्ट्रपति चुरे कार्यक्रम अन्तर्गत वृहत वृक्षारोपणमा जानुपर्ने भएकाले गएको थिएँ। त्यहाँ राष्ट्रपति स्वयं जाने गरिएकोमा यसपाली प्रधानमन्त्री जसरी पनि उपस्थित हुन पर्छ भन्ने भएपछि म त्यहाँ गएको हुँ। अर्को दिन कृषी वनविज्ञान विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागि हुन गएकाले ढिला भएको हो। पक्कै पनि म आफैँ पनि दुःखी छु। प्रधानमन्त्रीको भारत भ्रमणबारे माननीय संदस्यहरुले जानकारी लिन खोज्नु सकारात्मक पक्ष हो।’

    उनले भर्खरै सम्पन्न भारत भ्रमण र संसद्मा उठेका अन्य सवालका विषयमा जवाफ दिएका छन्। साथै राष्ट्रपतिको विदेश भ्रमणका बारेमा समेत प्रधानमन्त्री प्रचण्डले जानकारी गराए। 

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार