Nov 22 2024 | २०८१, मंसिर ७ गते

images

पहिरोले पुल बगाएपछि आवगमन ठप्प

पहिरोले पुल बगाएपछि आवगमन ठप्प

एभरेष्ट हेडलाइन्स
बिहीबार , असार ६ २०८१
एभरेष्ट हेडलाइन्स
बिहीबार , असार ६ २०८१
  • पहिरोले पुल बगाएपछि आवगमन ठप्प

    सङ्खुवासभा । सङ्खुवासभाको भोटखोला गाउँपालिका जोड्ने इकुवा खोलाको पक्की पुल बगाएको छ । गएराति अविरल वर्षासँगै आएको बाढीपहिरोले इकुवा खोलामाथिको पक्की पुल बगाएको हो । मकालु गाउँपालिका–३ स्थित इकुवा खोलाको पुल बगाउँदा भोटखोला गाउँपालिकासम्मको आवागमन ठप्प भएको छ । 

    images
    images
    images

    पहिरोले मकालु–३ र भोटखोला–४ को बीचमा रहेको इकुवा खोलामाथिको पुल बगाउँदा उत्तरी क्षेत्रको यातायात आवगमन ठप्प भएको उत्तर दक्षिण कोशी सडक आयोजनाका प्रमुख इञ्जिनियर सविन कोइरालाले जानकारी दिए। उनका अनुसार उत्तर–दक्षिण राजमार्गमा पर्ने उक्त पुल २० मिटर लामो थियो ।

    पुल पिलरसहित बगाउँदा रु चार करोड बढीको क्षति भएको आयोजनाका प्रमुख कोइरालाले बताए । उक्त पुल २०७९ सालमा निर्माण गरिएको थियो । पुल बगाएपछि मकालु गाउँपालिकाका केही वडा र भोटखोला गाउँपालिकामा यातायात सेवा बन्द भएको छ । यसअघि सदरमुकाम खाँदबारीबाट भोटखोलाको बरुणसम्मको ८० किलोमिटरसम्म यातायात सञ्चालन हुँदै आएको थियो । 

    पहिरोले उत्तर–दक्षिण राजमार्गमा पर्ने विभिन्न सडक खण्डमा क्षति पु-याउनुका साथै गत जेठ ३१ गते राति आएको बाढीले कोशी राजमार्गस्थित सभाखोलाको पक्की पुल जोखिममा परेको इञ्जिनियर कोइरालाले बताए । 

    उनका अनुसार चैनपुर नगरपालिका र पाँचखपन नगरपालिका जोड्ने हेवा खोला, चिचिला गाउँपालिका–२ र ३ जोड्ने खोलाका साथै अरुण तेस्रो पावर हाउस जाने छ्याङ र कागुवा खोलाको पक्की पुलमा समेत क्षति पुगेको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट