Sep 08 2024 | २०८१, भदौ २३ गते

प्रतिनिधि सभाका सदस्यहरूले काठमाडौँमा घर बनाएर गाउँ-गाउँलाई सिंहदरवार : प्रेम सुवाल

प्रतिनिधि सभाका सदस्यहरूले काठमाडौँमा घर बनाएर गाउँ-गाउँलाई सिंहदरवार : प्रेम सुवाल

एभरेष्ट हेडलाइन्स
शुक्रबार, असार ७ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, असार ७ २०८१
  • प्रतिनिधि सभाका सदस्यहरूले काठमाडौँमा घर बनाएर गाउँ-गाउँलाई सिंहदरवार : प्रेम सुवाल

    काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले गाउँ-गाउँबाट प्रतिनिधित्व गर्दै प्रतिनिधि सभाका माननीय सदस्यहरूले काठमाडौँमा घर बनाएर गाउँ-गाउँलाई सिंहदरवार ल्याइदिएको बताएका छन्। भक्तपुर नगरपालिकाको १६औ नगरसभाको शुक्रबार भक्तपुरमा उद्घाटन गर्दै उनले भने यस्तो बताएका हुन् । सरकारको योजना सिंहदरवार गाउँ-गाउँ पुर्‍याउने रहेको तर व्यवहारमा भने गाउँ-गाउँलाई सिंहदरवार ल्याइपुर्‍याएको बताए ।

    images
    images

    उनले भने, ‘प्रतिनिधि सभाका २७५ सदस्यहरूमध्ये ७०/८० जना सदस्यले मात्रै काठमाडौँमा घर बनाउन भ्याएका छैनन्, बाँकी सबैले काठमाडौँमा घर बनाइसके ।’ अब यस्तो अवस्थामा गाउँ-गाउँमा कसरी सिंहदरवार पुग्छ भनी उनले प्रश्न गरे। उनले निर्वाचनको बेला आफ्नो निर्वाचन क्षेत्रलाई स्वर्ग बनाइदिन्छु भनेर झुटो आश्वासन दिने तर निर्वाचन जितेर आएदेखि काठमाडौँको घरमा बस्न आउनु विडम्बनापूर्ण रहेको बताए ।

    ‘उहाँहरू (माननीय) चुनावका बेला आफ्नो निर्वाचन क्षेत्रलाई स्वर्ग बनाइदिन्छु भनेर जनतालाई झुटो आश्वासन दिनुहुन्छ। तर जब चुनाव जित्नुहुन्छ अनि काठमाडौँको घरमा आएर बस्नुहुन्छ फर्केर जानु हुन्न। यो जस्तो विडम्बना अरू के होला ?’ उनले भने ।

    उनले निर्वाचित क्षेत्रमै सांसदहरूलाई बस्नुपर्ने बाध्यता र काठमाडौँमा घर बनाउन नपाउने गरी नियम बनाउनु पर्ने बताए ।

    ‘उहाँहरू (माननीय) जुन क्षेत्रबाट निर्वाचित हुनुहुन्छ, , सोही क्षेत्रमै बस्नुपर्ने बाध्यता गर्न र काठमाडौँमा घर बनाउन दिन नपाउनुपर्ने नियम अब बनाउनुपर्‍यो। त्यसपछि मात्रै गाउँ-गाउँमा सिंहदरवार पुग्छ। नत्र त फेरि उही गाउँलाई लिएर उहाँहरू सिंहदरवार छेउमा आइपुग्नुहुन्छ।’ उनले भने ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट