Sep 20 2024 | २०८१, असोज ४ गते

ब्राजिलबाट फर्किएपछि बालेनले भने-ठूला सहर केन्द्रित बसाइँसराइलाई व्यवस्थापन गर्न अहिलेदेखि नै नीति बनाउनुपर्छ

ब्राजिलबाट फर्किएपछि बालेनले भने-ठूला सहर केन्द्रित बसाइँसराइलाई व्यवस्थापन गर्न अहिलेदेखि नै नीति बनाउनुपर्छ

एभरेष्ट हेडलाइन्स
शनिबार, असार ८ २०८१
एभरेष्ट हेडलाइन्स
शनिबार, असार ८ २०८१
  • ब्राजिलबाट फर्किएपछि बालेनले भने-ठूला सहर केन्द्रित बसाइँसराइलाई व्यवस्थापन गर्न अहिलेदेखि नै नीति बनाउनुपर्छ

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह ब्राजिलमा भएको मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिएर आज स्वदेश फर्किएका छन् । बैठकमा भाग लिन उनी असार ३ गते ब्राजिलको साओ पाउलो प्रस्थान गरेका थिए ।

    images
    images

    स्वदेश फर्किएपछि बैठकमा भएका छलफल र नीति बहसका विषयमा संक्षिप्त प्रतिक्रिया दिँदै उनले ठूला शहर केन्द्रित बसाइँसराइको क्रमले भविष्यमा बढ्ने चाप व्यवस्थापन गर्न अहिलेदेखि नै नीति र संयन्त्र बनाउनु पर्ने बताए । भौगोलिक, सामाजिक, आर्थिक जस्ता कारणले फरक–फरक ठाउँका सहरको समस्या फरक हुन सक्ने तर केही साझा कार्यक्रमका बारेमा छलफल भएको उनको भनाई छ ।

    निर्देशक समितिका बैठक साओ पाउलोमा असार ५ र ६ गते भएको थियो । बैठकसँगै मेयर शाहले 'मेयरल राउण्ड टेवलु कार्यक्रमअन्तर्गत आवास र भूमि तथा महानगर कल्याण र जीवनस्तर सुधारसँग सम्बन्धित ' मेट्रोपोलिस नीति बहसु मा भाग लिएका थिए। उनले ठूला शहरमा भएका स्वास्थ्य, शिक्षा, रोजगारीका अवसर र शहर जीवनयापनका सुविधा नजिक रहेका शहरमा पुर्‍याएर, ठूला सहरमा केन्द्रीकृत हुँदै गएको जनसङ्ख्याको चाप घटाउन थाल्नुपर्ने बताएका थिए ।

    बहसमा ठूला महानगरपालिकाका मेयर सहभागी थिए । मेयर बालेन्द्र शाह मेट्रोपोलिस निर्देशक बोर्डको सदस्य छन् । मेट्रोपोलिस विश्वका ठूला एक सय ५० भन्दा धेरै महानगरको आबद्धता रहेको, आपसी र विश्वव्यापी सहयोग, संवाद, ज्ञान तथा समाधान आदानप्रदान गर्ने, सामूहिक आवाज बुलन्द गर्ने अन्तरर्राष्ट्रिय संस्था हो । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार