Nov 22 2024 | २०८१, मंसिर ७ गते

images

संसद् सचिवालयका कर्मचारीको जायज माग पूरा गरिने

संसद् सचिवालयका कर्मचारीको जायज माग पूरा गरिने

एभरेष्ट हेडलाइन्स
आइतबार, असार ९ २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, असार ९ २०८१
  • संसद् सचिवालयका कर्मचारीको जायज माग पूरा गरिने

    काठमाडौँ । संसद् सचिवालयका कर्मचारीको आन्दोलनका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सभामुख देवराज घिमिरेसहितका शीर्ष नेतासँग छलफल गरेका छन् । आइतवार बिहान बालुवाटारमा प्रधानमन्त्रीले संसद् सचिवालयका कर्मचारीको आन्दोलनका विषयमा सभामुखसहित शीर्ष नेतासँग छलफल गरेको जानकारी प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले दिए । 

    images
    images
    images

    ‘केही दिनदेखि नै संसद् सचिवालयका कर्मचारी विभिन्न माग राखी आन्दोलनमा उत्रिएकाले प्रधानमन्त्रीले सभामुखसहित शीर्ष नेतालाई बोलाएर छलफल गर्नुभएको हो,’ आचार्यले भने, ‘संसदका कर्मचारीको मागको विषयमा एकपटक उनीहरूसँगै पनि छलफल गरेर मागका विषयमा निश्कर्षमा पुग्ने निर्णय भएको छ ।’ 

    सबै माग पूरा हुने अवस्था नरहे पनि जायज मागका विषयमा सरकार र सभामुख घिमिरेले सकारात्मक धारणा राखेको जानकारी आचार्यले दिए ।  छफलमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, एमालेका अध्यक्ष केपी शर्मा ओली, अर्थमन्त्री वर्षमा पुन र कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, संसद् सचिवालयका महासचिवसहित सहभागी थिए ।

    अतिरिक्त समयमा गरेको कामको भुक्तानी पाउनुपर्ने, संघीय संसद् सचिवालय कर्मचारी प्रशासन नियमावली अद्यावधिक गर्नुपर्नेसहितका माग राखी संसद् सचिवालयका कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार