Sep 08 2024 | २०८१, भदौ २३ गते

बेलायतस्थित कांग्रेस जनसम्पर्क समितिका पदाधिकारीद्वारा राजनीतिक स्थायित्वमा जोड

बेलायतस्थित कांग्रेस जनसम्पर्क समितिका पदाधिकारीद्वारा राजनीतिक स्थायित्वमा जोड

एभरेष्ट हेडलाइन्स
आइतबार, असार ९ २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, असार ९ २०८१
  • बेलायतस्थित कांग्रेस जनसम्पर्क समितिका पदाधिकारीद्वारा राजनीतिक स्थायित्वमा जोड

    काठमाडौँ । नेपाली कांग्रेसको बेलायतस्थित जनसम्पर्क समितिले नेपालमा राजनीतिक स्थायित्व नहुँदा बेलायतबाट वैदेशिक लगानी प्रवाह हुन नसकेकामा चिन्ता व्यक्त गरेको छ ।

    images
    images

    शनिबार लण्डनमा आयोजित एक कार्यक्रममा समितिका अध्यक्ष महेश दाहालले बेलायती उद्यमी–व्यवसायी नेपालमा लगानी गर्न इच्छुक रहेका भए पनि पटकपटक भइरहने नीति परिवर्तनले लगानी गर्न समस्या भएको बताए। 

    उनले प्रवासी नेपाली मात्र नभई आफूहरूले विदेशी लगानीकर्तालाई पनि नेपालमा लगानी गर्न आग्रह गरेको तर, नेपालको राजनीतिलाई देखाउँदै उनीहरू लगानी गर्न डराएका बताए । उनले राजनीतिक स्थायित्वका निम्ति राजनीतिक दलहरू गम्भीर हुनुपर्नेमा जोड दिए ।

    नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले समितिका समस्यालगायत विषयमा कांग्रेस नेतृत्वलाई जानकारी दिने बताए । समितिका अध्यक्ष दाहाल, प्रेस युनियन युकेका अध्यक्ष विपिन निरौला, राजनीतिक विश्लेषक आरेक त्रिपाठी (राजकुमार) लगायत उपस्थित थिए ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट