Sep 20 2024 | २०८१, असोज ४ गते

छाउगोठविरुद्ध जनचेतना जगाउने अभियान चलाउन सांसद देउवाको माग

छाउगोठविरुद्ध जनचेतना जगाउने अभियान चलाउन सांसद देउवाको माग

एभरेष्ट हेडलाइन्स
आइतबार, असार ९ २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, असार ९ २०८१
  • छाउगोठविरुद्ध जनचेतना जगाउने अभियान चलाउन सांसद देउवाको माग

    काठमाडौँ। नेपाली काँग्रेसका प्रतिनिधिसभा सदस्य डा. आरजु राणा देउवाले छाउगोठविरुद्ध जनचेतना जगाउन व्यापक अभियान चलाउन सरकारसँग माग गरेकी छन् 

    images
    images

    २१ शताब्दीमासमेत छाउगोठमा बस्न बाध्य छोरी बलात्कार हुनुपरेको अवस्था रहेको भन्दै उनले यस्तो कुरीतिविरुद्ध छाउगोठ भत्काएर मात्र नहुने भन्दै व्यापक अभियान चलाउन माग गरेकी हुन्। 

    आइतबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा धारणा राख्दै उनले असार ३ गते अछामको एक छाउगोठमा एक छोरीको बलात्कार भएको भन्दै यसकाविरुद्ध विद्यालयदेखि नै महिनावरीको विषयमा व्यापक अभियान चलाउनुपर्नेमा जोड दिएकी हुन्। 

    डा. देउवाले भनिन्, ‘‘आज भन्दा आठ वर्ष अगाडि पनि छाउपडी गोठमा सर्पले टोकेर मरेकी छोरीको बारे बोलेकी थिएँ। अहिले असार ३ गते अछामको छाउगोठमा एक छोरीको बलात्कार भयो। २१ शताब्दीमा समेत हाम्रो देशमा यस्तो समस्या छ। सरकारले २०७५ देखि २०७८ को बिचमा सात हजार ५४५ छाउगोठ भत्काएको छ। छाउगोठ भत्काए पनि कुरीति चलिरहेको छ। त्यसकारण नेपाल सरकारलाई यसका विरुद्ध व्यापक प्रचारप्रसार, जनचेतना जगाउन विद्यालयतहदेखि नै महिनावारीको बारेमा सिकाउने क्याम्पियन चलाउन अनुरोध गर्दछु।’ 

    त्यसैगरी उनले  आन्दोलन गर्न बाध्य संसद्का कर्मचारीको आवाजलाई चाँडोभन्दा चाँडो सुनुवाइ गर्न  सरकारसँग माग गरेकी छन्। 

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार