Sep 20 2024 | २०८१, असोज ४ गते

सम्पूर्ण जमिन राष्ट्रियकरण गर्नुपर्छ : वामदेव गौतम

सम्पूर्ण जमिन राष्ट्रियकरण गर्नुपर्छ : वामदेव गौतम

एभरेष्ट हेडलाइन्स
आइतबार, असार ९ २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, असार ९ २०८१
  • सम्पूर्ण जमिन राष्ट्रियकरण गर्नुपर्छ : वामदेव गौतम

    काठमाडौँ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले सम्पूर्ण जमिन राष्ट्रियकरण गर्नुपर्ने प्रस्ताव गरेका छन् । आइतबार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले जबसम्म नेपालको सम्पूर्ण भूमि राष्ट्रियकरण गरिँदैन, तबसम्म नेपालले विकास गर्न नसक्ने बताए ।

    images
    images

    उनले अमेरिका, चीन, रुस लगायतका देशमा सम्पूर्ण भूमि राष्ट्रियकरण भएकाले विकास सम्भव भएको बताए । ‘अमेरिका लगायतका देशमा सम्पूर्ण भूमि राष्ट्रियकरण भएको छ । त्यहाँ व्यक्तिगत छैन । अमेरिकामा मात्रै होइन, सिंगो युरोपभर भूमि राष्ट्रियकरण गरिएको छ ।

    रुसमा पनि त्यो लागू भएको छ । चीनमा १९५३ मा सबै जमिन राष्ट्रियकरण भयो । भूमि नै मानिसलाई आवश्यक पर्ने वस्तु उत्पादन गर्ने आधार हो । मुख्य उत्पादनको साधन हो । त्यसलाई टुक्रा टुक्रा काटेर बाँड्छौँ, देश समृद्ध हुन सक्दैन’, गौतमले भने । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार