Sep 20 2024 | २०८१, असोज ४ गते

मेलम्चीमा आएको बाढीले अस्थायी पुल बगायो

मेलम्चीमा आएको बाढीले अस्थायी पुल बगायो

एभरेष्ट हेडलाइन्स
सोमबार, असार १० २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, असार १० २०८१
  • मेलम्चीमा आएको बाढीले अस्थायी पुल बगायो

    सिन्धुपाल्चोक । गए रातिको वर्षापछि आएको बाढीले मेलम्चीमा अस्थायी पुल बगाएको छ । मेलम्ची नगरपालिका–११ स्थित फट्टेमा अस्थायी पुल बगाएको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले जानकारी दिए ।

    images
    images

    विसं २०७८ को बाढीले पुल बगाएपछि सो स्थानमा ह्युमपाइप राखेर अस्थायी पुल बनाइएको थियो । मेलम्ची बजार र मेलम्ची नगरपालिकाको वडा नम्बर ७ र ८ तथा पाँचपोखरी थाङपाल गाउँपालिकाका वडा नम्बर १ र २ तथा हेलम्बुको केही वडालाई सो  अस्थायी पुल जोडेको थियो  ।

    पुल बगाउँदा वडाभित्र नै एक गाउँबाट अर्को गाउँ जान अहसज भएको छ । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङका अनुसार वर्षा सुरु भएसँगै रातिको वर्षाले पुलमा क्षति पुगेको जनाउँदै अब ह्युमपाइप झिकेर सुरक्षित राखिने बताए।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार