Nov 24 2024 | २०८१, मंसिर ९ गते

images

निलम्बित मुख्यसचिव अर्याललाई राष्ट्रिय योजना आयोगमा सरुवा गर्ने सरकारको निर्णय 

निलम्बित मुख्यसचिव अर्याललाई राष्ट्रिय योजना आयोगमा सरुवा गर्ने सरकारको निर्णय 

एभरेष्ट हेडलाइन्स
सोमबार, असार १० २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, असार १० २०८१
  • निलम्बित मुख्यसचिव अर्याललाई राष्ट्रिय योजना आयोगमा सरुवा गर्ने सरकारको निर्णय 

    काठमाडौँ । सरकारले निलम्बित मुख्यसचिव वैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा सरुवा गरेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले निलम्बित मुख्यसचिव अर्याललाई राष्ट्रिय योजना आयोगमा राजपत्राङ्कित विशिष्ट श्रेणीको मुख्यसचिव सरहको विशेष पद सिर्जना गरी सरुवा गरेको हो ।  

    images
    images
    images

    मन्त्रिपरिषद्को बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारका मुख्यसचिव वैकुण्ठ अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएकोमा प्रचलित कानुनबमोजिम निज स्वतः निलम्बनमा परेको बताइन् । उनले हाललाई राष्ट्रिय योजना आयोगमा राजपत्राङ्कित विशिष्ट श्रेणीको मुख्यसचिव सरहको विशेष पद सिर्जना गरी उनलाई उक्त पदमा सरुवा गर्ने निर्णय गरेको बताइन् ।

    उनले भनिन्, ‘नेपाल सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्यालबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएकोमा प्रचलित कानुनबमोजिम निज स्वतः निलम्बन हुनुभएको छ । हाललाई राष्ट्रिय योजना आयोगमा राजपत्राङ्कित विशिष्ट श्रेणीको मुख्यसचिव सरहको विशेष पद सिर्जना गरी उहाँलाई उक्त पदमा सरुवा गर्ने निर्णय भएको छ ।'

    यस्तै बैठकले आर्थिक वर्ष २०८०/०८१ मा स्थानीय तहलाई हस्तान्तरण हुन बाँकी वित्तीय समानीकरण अनुदानको रकम हस्तान्तरण गर्ने निर्णय गरेको प्रवक्ता भुसालले बताइन् । उनले भनिन्, 'अहिले ८७ अर्ब ३५ करोड २९ लाख विनियोजन भएको थियो अघिल्लो आर्थिक वर्षमा स्थानीय तहलाई दिने भनेर । त्यसमध्येको ९३ प्रतिशत हुनेगरी १६ अर्ब ९९ करोड २२ लाख रुपैयाँ तत्तद् स्थानीय तहमा हस्तान्तरण गर्ने ।’

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार