Nov 24 2024 | २०८१, मंसिर ९ गते

images

भ्रष्टाचारविरुद्ध सरकार थप निर्मम बनोस् : ठाकुर गैरे

भ्रष्टाचारविरुद्ध सरकार थप निर्मम बनोस् : ठाकुर गैरे

एभरेष्ट हेडलाइन्स
सोमबार, असार १० २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, असार १० २०८१
  • भ्रष्टाचारविरुद्ध सरकार थप निर्मम बनोस् : ठाकुर गैरे

    काठमाडौँ । नेकपा एमालेका सांसद ठाकुरप्रसार गैरेले भ्रष्टाचारविरुद्ध अझ निर्मम बन्न सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै उनले मुख्यसचिव डा. बैकुण्ठ अर्याललाई भ्रष्टाचारको मुद्दा दायर भएको भन्दै यसले निजामती क्षेत्रसहित सम्पूर्ण क्षेत्रलाई लज्जित तुल्याएको जिकिर गरे।

    images
    images
    images

    सांसद गैरेले देशको स्थायी सरकारको प्रमुख पदमा रहेको मुख्यसचिवलाई नै भ्रष्टाचारको मुद्दा दायर हुनेले निजामति सेवा क्षेत्र कति समस्याग्रस्त भन्नेकुरा स्पष्ट हुने बताए।

    उनले भने, ‘भ्रष्टाचारबिरुद्ध अझ निर्मम बन्न सरकार र सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँछु। यसले हामी सबैलाई लज्जित तुल्याइरहेको छ। माथि भन्नुस्, माथिको आदेश छैन। माथि मिलाउनुपर्छ। भोलि आउनुस् जस्ता स्वरले आम सेवाग्राहीलाई आजित बनाइरहेको हुन्छ। त्यसमाथि पनि देशको स्थायी सरकारको प्रमुख पदमा रहेको मुख्यसचिव जस्तो व्यक्ति नै अख्तियारद्वारा भ्रष्टाचारको मुद्दा दायर हुने परिस्थितिले हाम्रो सेवा क्षेत्र कति समस्याग्रस्त छ भन्नेकुरा बताउँछ।’ सांसद गैरेले निजामतीभित्र रहेको भ्रष्टाचारको जालो कति मजबुत छ भन्ने कुरालाई यसले स्पष्ट बनाएको बताए।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार