Sep 20 2024 | २०८१, असोज ४ गते

प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८१ पारित

प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८१ पारित

एभरेष्ट हेडलाइन्स
मंगलबार, असार ११ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, असार ११ २०८१
  • प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८१ पारित

    काठमाडौँ ।  प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८१ पारित भएको छ । सभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले ‘विनियोजन विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी राखेको प्रस्ताव बहुमतले पारित गरेको हो ।
     
    सरकारले गत जेठ १५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि रु १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट प्रस्तुत गरेको थियो ।

    images
    images

    प्रतिनिधिसभमा गत जेठ २९ गतेदेखि विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालय, कार्यालय तथा निकायमाथिको छलफल सुरु भएको थियो ।

    विनियोजन विधेयकमाथि विभिन्न मन्त्रालयका विनियोजित शीर्षकमाथि सांसदले उठाएका जिज्ञासाको प्रधानमन्त्री तथा सम्बन्धित मन्त्रालयका मन्त्रीले जवाफ दिएका थिए ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार