Nov 24 2024 | २०८१, मंसिर ९ गते

images

चितवनका विभिन्न स्थानमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह 

चितवनका विभिन्न स्थानमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह 

एभरेष्ट हेडलाइन्स
बुधबार, असार १२ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, असार १२ २०८१
  • चितवनका विभिन्न स्थानमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह 

    काठमाडौँ । चितवनका विभिन्न स्थानमा भारी वर्षा भइरहेको छ । भारी वर्षासँगै जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले चितवनका खोला तथा नदीहर”मा बाढी आउने चेतावनी जारी गरेको छ ।

    images
    images
    images

    महाशाखाका अनुसार चितवनको माडीस्थित कल्याणपुर वर्षा मापन केन्द्र र आसपासमा पछिल्लो ३ घण्टामा १०४ मिलिमिटर वर्षा भएको छ । यसैगरी चर्चरेमा १०० मिलिमिटर वर्षा मापन भएको छ । गोविन्द बस्तीमा ७४.८, कालीखोलामा ३१.४, ठोरीमा २४.८ र रामपुरमा २४.६ मिलमिटर वर्षा मापन भएको छ ।

    बाढी पूर्वानुमान महाशाखाले रिउखोला र यसका सहायक नदीहरूमा आकस्मिक बहावको सम्भावना देखिएकोले तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागहरूमा सतर्कता अपनाउन भनेको छ । ती स्थानमा थप वर्षा हुने सक्ने भएकाले दिउँसोसम्मै सतर्कता अपनाउनुपर्ने महाशाखाले जनाएको छ ।

    जेठ २८ गते कोशी प्रदेशमा भित्रिएको मनसुन थप सक्रिय हुँदै गएपछि प्राय सबैजसो प्रदेशहरूमा वर्षा भइरहेको छ । पानी पार्ने बादल विकसित भइरहेकाले थप वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार