Sep 20 2024 | २०८१, असोज ४ गते

वर्षाले निम्त्याउन थाल्यो विपद्, यो साता नेपालभरि पानी पर्ने सम्भावना

वर्षाले निम्त्याउन थाल्यो विपद्, यो साता नेपालभरि पानी पर्ने सम्भावना

एभरेष्ट हेडलाइन्स
बुधबार, असार १२ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, असार १२ २०८१
  • वर्षाले निम्त्याउन थाल्यो विपद्, यो साता नेपालभरि पानी पर्ने सम्भावना

    काठमाडौँ ।  मनसुनी प्रणाली सक्रिय भएसँगै भएको वर्षाले देशका विभिन्न ठाउँमा बाढी, पहिरो र डुबानजस्ता विपद्का घटनाहरू बढेका छन् ।

    images
    images

    गृह मन्त्रालयका अनुसार विशेषगरी कोशी, मधेश र गण्डकी प्रदेशका विभिन्न ठाउँहरूमा पहिरो र डुबानका घटनाहरू देखिएका छन् । लमजुङको क्व्होलासोथार गाउँपालिका–३ बगुममा गए राति पहिरो खस्दा पुरिएका एकै परिवारका चार जनाको शव भेटिएको छ । ओखलढुङ्गामा पहिरोमा परेर एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । मोरङको विराटनगर महानगरपालिकाका कैयौँ घर डुबानमा परेका छन् ।

    जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार अहिले देशैभरिका विभिन्न खोला तथा नदीहरूमा पानीको सतह बढिरहेको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै पानी मोरङमा परेको छ । देशभर रहेका एक सय ७० वटा वर्षा मापन केन्द्रको विवरणअनुसार सबैभन्दा धेरै मोरङको विराटनगर विमानस्थल केन्द्रमा तीन सय ६१ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    बितेको २४ घण्टामा एक सय ४७ वटा केन्द्रमा वर्षा भएको छ । वर्षा मापन गरिएका केन्द्रमध्ये दुई वटा केन्द्रमा दुई सय मिलिमिटरभन्दा बढी वर्षा भएको छ । ११ वटा केन्द्रमा एक सय  मिलिमिटरभन्दा बढी र ३३ वटा केन्द्रमा ५० मिलिमिटरभन्दा बढी वर्षा भएको विभागले जनाएको छ । विभागका अनुसार यो हप्ताभरि नै देशका सबैजसो ठाउँमा वर्षा हुने सम्भावना छ ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार