images

Jun 29 2024 | २०८१, असार १५ गते

निगमको जहाज प्राधिकरणको अनुमतिबिनै इटाली पुगेपछि क्यान र प्राधिकरणबीच विवाद

निगमको जहाज प्राधिकरणको अनुमतिबिनै इटाली पुगेपछि क्यान र प्राधिकरणबीच विवाद

एभरेष्ट हेडलाइन्स
बुधबार, असार १२ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, असार १२ २०८१
  • निगमको जहाज प्राधिकरणको अनुमतिबिनै इटाली पुगेपछि क्यान र प्राधिकरणबीच विवाद

    काठमाडौँ । नेपाल वायुसेवा निगमको वाइडबडी जहाज मर्मतका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)को अनुमतिबिना इटाली पुगेपछि विवाद सुरु भएको छ।  मर्मतका लागि जहाज इटाली पुगेपछि क्यान र प्राधिकरणबीच विवाद सुरु भएको हो । 

    images
    images

    लामो समयदेखि नेपालको उड्डयन क्षेत्रलाई सुरक्षा सूचीमा राख्दै आएको ईयू क्षेत्रको इटालीमै निगमले अनुमतिबिना जहाज उडाएपछि विवाद सुरु भएको हो । निगमको वाइडबडी विमान नियमित उडानका क्रममा दुबई गएको थियो । त्यहाँबाट क्यानको अनुमतिबिना मर्मतका लागि उक्त जहाज इटाली लगिएपछि दुई पक्षबीच विवाद उत्पन्न भएको छ । 

    नेपाल वायुसेवा निगम इन्जिनियरिङ मेन्टिनेन्स विभागका निर्देशक देवकृष्ण सञ्जेलकाअनुसार जुन २२ तारिखमा नियमित उडानका क्रममा दुबई पुगेको जहाज त्यहीँबाट मर्मतका लागि क्यानको अनुमति नलिई इटाली गएको थियो । अनुमतिबिना मर्मतका लागि ए३३०–२०० सिरिजको दर्ता नम्बर ९ एन–एएलवाई जहाज ईयू क्षेत्र पुगेपछि प्राधिकरणले निगमको तर्फबाट एकाउन्टेबल म्यानेजरसहित सदस्यको समूहमा रहेर काम गर्दै आएका ५ जनालाई निलम्बन गरेको छ ।

    जसमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीसहित दुई जना क्याप्टेन, एकजना अपरेशन डाइरेक्ट र एकजना म्यानेजर रहेका छन् ।

    ‘मर्मतका लागि वायुसेवा कम्पनीहरूका जहाज जाँदा निगमको अनुमति लिुपर्छ । तर त्यसो नगरेकाले प्राधिकरणले आफ्नो नियमित कारबाहीअन्तर्गत उक्त निर्ण गरेको हो’, प्राधिकरणका प्रवक्ता हंसराज पाण्डेयले खबरहबलाई बताए । 

    उनले चित्तबुझ्दो जवाफ आएमा कारबाही फुकुवा हुन सक्नेसमेत बताए । नेपालको उड्डयन क्षेत्रलाई लामो समयदेखि ईयूले सुरक्षा सूचीमा राख्दै आएको छ । उसकै क्षेत्रमा निगमले नियमित प्रक्रिया उल्लंघन गरेर जहाज पठाएकाले थप समस्या पार्न सक्ने उनको भनाइ छ ।

    प्रवक्ता पाण्डेले जहाज मर्मतका लागि सम्बन्धित कम्पनीले पनि क्यानको अनुमति लिनुपर्ने बताएका छन् । उनले अनुमतिबिना मर्मतका लागि जहाज इटाली पुगेकाले निगमले मर्मत नै रोकिदिन सक्ने समेत बताए ।

    क्यानले इटालीस्थित कम्पनीलाई जहाज मर्मतका लागि अनुमति नदिएमा निगमको जहाज त्यतिकै नै फर्कनुपर्ने अवस्था हुनसक्ने देखिएको छ ।

    लामो समयदेखि ईयुको सुरक्षा सूची, ग्राउन्ड ह्यान्डलिङ लगायत विभिन्न विषयहरूमा नियामक निकाय प्राधिकरण र निगमबीच विवाद देखिँदै आएको छ । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार