Sep 08 2024 | २०८१, भदौ २३ गते

एसइई नतिजा : १८६ जनाले ल्याए चार जीपीए, साढे २ लाख परीक्षार्थी फेल

एसइई नतिजा : १८६ जनाले ल्याए चार जीपीए, साढे २ लाख परीक्षार्थी फेल

एभरेष्ट हेडलाइन्स
बिहीबार , असार १३ २०८१
एभरेष्ट हेडलाइन्स
बिहीबार , असार १३ २०८१
  • एसइई नतिजा : १८६ जनाले ल्याए चार जीपीए, साढे २ लाख परीक्षार्थी फेल

    भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक गरेको छ ।  

    images
    images

    परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार परीक्षामा  सहभागी भएका चार लाख ६४ हजार सात सय ८५ जनामध्ये ४७ दशमलव ८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । 

    नियमिततर्फ दुई लाख ४२ हजार ९२ जना विद्यार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रक पौडेलले जानकारी दिनुभयो । उत्तीर्ण भएकामध्ये एक सय ८६ जनाले ४ जिपीए ल्याएका छन् ।

    परीक्षामा सहभागी भएकामध्ये ५२ दशमलव १४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् । उनीहरुले पुनः ग्रेड वृद्धि परीक्षामा सहभागी हुनुपर्नेछ ।

    दुई सय २१ जनाको परीक्षा रद्द भएको उनले जानकारी दि‍ए । परीक्षा नियन्त्रक पौडेलले यस वर्ष लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गरेको जानकारी दिए। 

    एसइई नतिजा वेबसाइट,एसएमएस र आइभिआरबाट हेर्न सकिने बोर्डले जनाएको छ । नेपाल टेलिकमले पनि नतिजा हेर्ने व्यवस्था मिलाएको छ । आइभिआरका लागि नेपाल टेलिकमको ल्यान्डलाइन फोन,मोबाइलबाट १६०० डायल गरि प्राप्त निर्देशनअनुसार रिजल्ट थाहा पाउन सकिने छ ।

    एसएमएसको लागि मोबाइलको म्यासेज बक्समा SEE   टाइप गरी १६०० मा पठाउनुपर्ने छ । वेबसाइटको लागि Website: http://see.ntc.net.np मार्फत हेर्न सकिने छ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट