Sep 20 2024 | २०८१, असोज ४ गते

मदिरा सेवन गरेर हल्ला गरेपछि उड्न लागेको जहाजबाट फर्काइए राजेशपायल

मदिरा सेवन गरेर हल्ला गरेपछि उड्न लागेको जहाजबाट फर्काइए राजेशपायल

एभरेष्ट हेडलाइन्स
बिहीबार , असार १३ २०८१
एभरेष्ट हेडलाइन्स
बिहीबार , असार १३ २०८१
  • मदिरा सेवन गरेर हल्ला गरेपछि उड्न लागेको जहाजबाट फर्काइए राजेशपायल

    काठमाडौँ । दुबई जान लागेका गायक राजेशपायल राईले मदिरा सेवन गरेर जहाजमा होहल्ला गरेपछि घर फिर्ता पठाइएको छ ।  

    images
    images

    आज मध्याह्न फ्लाई दुबईको विमानमार्फत् दुबई जान लागेका उनले जहाज चढिसकेपछि होहल्ला गरेका थिए ।

    जहाजमा होहल्ला र ​एयरलाइन्सका कर्मचारीसँग झगडा गरेपछि उनलाई फिर्ता पठाइएको विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सुरेश पन्थीले बताए ।

    राईले अत्यधिक मदिरा सेवन गरेर एयरलाइन्सका कर्मचारीसँग झगडा गरेको आरोप छ । जहाज उनलाई नलिई अरु यात्रु लिएर उडिसकेको छ । राईलाई प्रहरीले ट्याक्सीमा हालेर घर पठाइदिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार