Sep 08 2024 | २०८१, भदौ २३ गते

अहिलेको सत्ता गठबन्धनले छिमेकी देशसँगको नीतिलाई ध्वस्त पार्न खोजेको कांग्रेसको आरोप 

अहिलेको सत्ता गठबन्धनले छिमेकी देशसँगको नीतिलाई ध्वस्त पार्न खोजेको कांग्रेसको आरोप 

एभरेष्ट हेडलाइन्स
बिहीबार , असार १३ २०८१
एभरेष्ट हेडलाइन्स
बिहीबार , असार १३ २०८१
  • अहिलेको सत्ता गठबन्धनले छिमेकी देशसँगको नीतिलाई ध्वस्त पार्न खोजेको कांग्रेसको आरोप 

    काठमाडौँ । पूर्वपरराष्ट्रमन्त्री तथा कांग्रेस नेता एनपी साउदले सरकारले साझा र सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्नुपर्नेमा सत्तारुढ दलहरुबीचमा भएको राजदूत भागबन्डाले  कूटनीतिक क्षेत्रमा तरङ्ग पैदा गरेको भन्दै आपत्ति जनाएका छन् । 

    images
    images

    बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सरकारले ११ जना राजदूत फिर्ता बोलाएको विषयले नेपालको कूटनीतिक र अन्तर्राष्ट्रिय क्षेत्रमा विश्वसनीयता घटेको भन्दै आपत्ति जनाएका हुन् । 
     
    उनले सत्ता गठबन्धनको उक्त कार्यले छिमेकीसँगको नीतिलाई ध्वस्त पार्न खोजेको र छिमेकीबीचको सम्बधलाई डाइनामाइट फिट गरेर राखेको आरोप लगाउँदै सरकारले परराष्ट्र नीतिप्रति सचेत हुनुपर्नेमा सचेत गराए । 

    नेता साउदले भने, ‘नेपालले आफ्नो कूटनीति र भरिपूर्ण बनाउने बेलामा ११ राष्ट्रबाट ११ जना राजदूत फिर्ता बोलाएका छौँ । प्रशासन र कर्मचारीहरूबाट जाने र विभिन्न पेसाबाट जाने राजदूतलाई के कारणले फिर्ता बोलाइयो जानकारी नदिई फिर्ता बोलाइयो । यसले कूटनीतिक र अन्तर्राष्ट्रिय क्षेत्रमा विश्वसनीयता घटेको छ ।’  

    यस्तै उनले सरकारले हाल छिमेकी राष्ट्र भारत–चीन सँगको सम्बन्धलाई सन्तुलित र राम्रो  बनाउनुपर्नेमा उल्टो सरकार परिवर्तन भएसँगै परराष्ट्र नीति पनि एकलौटी बनाएर सरकार अघि बढ्न खोजेको आरोप लगाए । साझा परराष्ट्र नीति हुनुपर्नेमा जोड दिएका नेता साउदले सरकार आफैँलाई नोक्सानी हुने खालको नीतिमा अघि बढ्न खोजिरहेको भन्दै सचेत रहन आग्रह गरेका छन् ।
      
    उनले अगाडि भने, ‘राष्ट्र निर्माता पृथ्वी नारायण शाहले जुन कुरा भन्नुभएको थियो नेपाल दुई ढुंगा बीचको तरुल हो भनेर भन्नुभएको थियो । त्यसको मापन उडाउने प्रयत्न गरिएको छ । पृथ्वी नारायण शाहले दुई ढुंगालाई निर्जीव भन्नुभएको थियो बलियो थिए तर, निर्जीव थिए । तरुल गतिशील थियो, तरुल वृद्धि हुँदै थियो, तरुल सजीव थियो । तर अहिले जसरी यो सरकारले परराष्ट्र नीतिलाई, छिमेकीसँगको नीतिलाई ढुंगाको तरुलको रूपमा भन्दा पनि डाइनामिट फिट गरेर राख्ने प्रयत्न गर्नुभएको छ ।’

    उनले थप भने ‘म सरकारलाई आग्रह गर्न चाहन्छु, सरकारलाई पनि सचेत गर्न चाहन्छु कि भोलीका दिनमा डाइनामाइट पड्कियो भने चट्टानलाई क्षति पुर्‍याउन सक्छ । ढुंगालाई क्षति पुर्‍याउन सक्छ तर, डाइनामाइट पड्किसकेपछि आफू बाँकी रहन सक्दैन । यो तथ्यलाई आत्मसाथ गर्नुपर्छ ।’ 

    उनले चीनलाई हामी बीआरआईमा सम्झौता गर्न तयार छौं भन्ने सन्देश दिने र त्यसलाई सत्ता समीकरण बनाउन प्रियोग गरी भारत र अन्तर्राष्ट्रिय समुदायलाई बीआरआईलाई रोकिराखेका छौँ भन्ने कच्चा कूटनीतिक चाल नचल्न सरकारलाई आग्रह गरे । उक्त कार्यले नेपालको अन्तर्राष्ट्रिय समुदायमा नेपालको प्रतिष्ठा घट्ने भन्दै थपे नेपालले कूटनीतिक व्यवहार गर्दा अग्रजहरूको ज्ञान, सुझावलाई लिनुपर्ने आवश्यकता औँल्याए ।  

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार