Sep 20 2024 | २०८१, असोज ४ गते

प्रतिनिधि सभाको बैठक आज पनि बस्दै 

प्रतिनिधि सभाको बैठक आज पनि बस्दै 

एभरेष्ट हेडलाइन्स
शुक्रबार, असार १४ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, असार १४ २०८१
  • प्रतिनिधि सभाको बैठक आज पनि बस्दै 

    काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।

    images
    images

    आजको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शक्ति बहादुर बस्नेतले जलस्रोत विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नेछन् भने जलस्रोत विधेयक, २०८१ प्रस्तुत गर्नेछन् । त्यस्तै आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय सभामा उत्पत्ति भएको राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

    संसद सचिवालयका अनुसार संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस् भनी पनि प्रधानमन्त्रीले प्रस्ताव प्रस्तुत गर्नेछन् ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार