Sep 08 2024 | २०८१, भदौ २३ गते

एकीकृत समाजवादीको महाधिवेशन आजदेखि काठमाण्डौमा : सहमतिमै नेतृत्व चयन हुने दाबी 

एकीकृत समाजवादीको महाधिवेशन आजदेखि काठमाण्डौमा : सहमतिमै नेतृत्व चयन हुने दाबी 

एभरेष्ट हेडलाइन्स
आइतबार, असार १६ २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, असार १६ २०८१
  • एकीकृत समाजवादीको महाधिवेशन आजदेखि काठमाण्डौमा : सहमतिमै नेतृत्व चयन हुने दाबी 

    काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को १० औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाण्डौमा शुरु हुँदैछ । काठमाण्डौको कमलादिको नेपाल प्रज्ञा प्रतिष्ठानमा आज हुने महाधिवेशनको उद्घाटन सत्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित प्रमुख राजनीतिक दलका शीर्ष नेतालाई एकीकृत समाजवादीले आमन्त्रण गरेको छ ।

    images
    images

    यही असार २० गतेसम्म चल्ने महाधिवेशनमा देशभरिबाट एक हजार आठ सय ४७ जना प्रतिनिधि आउने एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले बताए । २००६ सालमा पुष्पलालको नेतृत्वमा स्थापना भएको पार्टीकै निरन्तरताका रूपमा १० औँ महाधिवेशन आयोजना गरिएको उनको भनाइ छ । झन्डै तीन वर्षअघि एमालेबाट अलग भई नेकपा (एकीकृत समाजवादी) गठन भएको थियो । 

    हिजो भएको पत्रकार सम्मेलनमा पार्टीका अध्यक्ष माधवकुमार नेपालले महाधिवेशनमा प्रस्तुत गरिने दस्ताबेजसमेत तयार भइसकेको जानकारी दिए । उनले पार्टी विधान अनुसार केन्द्रीय कमिटी दुई सय ९९ सदस्यीय, पदाधिकारी सङ्ख्या २१ जना र पार्टी केन्द्रीय कमिटीले निर्णय गरी सम्मानित नेता र वरिष्ठ नेताको व्यवस्था गरिने जानकारी पनि दिए । महाधिवेशनमा पाँच प्रतिशत मनोनीत गर्ने व्यवस्था कार्यान्वयन नगरिने भएको छ ।

    त्यसैगरी पार्टीको अध्यक्ष पदमा प्रतिस्पर्धा गर्न पार्टीको स्थायी कमिटीको सदस्य हुन योग्यता पुगेका व्यक्ति हुनुपर्ने र उपाध्यक्ष, उपमहासचिव र सचिव बन्न पोलिटब्युरोको सदस्य बन्न योग्यता पुगेका व्यक्ति हुनुपर्ने व्यवस्था गरिएको छ । महाधिवेशनमा उम्मेदवार बन्नका लागि एमालेमा नै काम गरेको अवधिलाई गणना गरिने पार्टी महासचिव भुसालले जानकारी दिए ।

    महाधिवेशनबाट सहमतिमै नेतृत्व चयन हुने नेताको दाबी छ । तर अध्यक्ष नेपालसहित सम्मानित नेता झलनाथ खनाल र महासचिव भुसाल तीन जना अध्यक्षको दावेदारका रूपमा रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

      ताजा अपडेट