Sep 08 2024 | २०८१, भदौ २३ गते

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची 

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची 

एभरेष्ट हेडलाइन्स
आइतबार, असार १६ २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, असार १६ २०८१
  • प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची 

    काठमाडौं । प्रतिनिधि सभा बैठक बस्दै छ । बैठक आज दिउँसो ३ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।

    images
    images

    बैठकमा आर्थिक विधेयक २०८१ माथि छलफल गरी अर्थमन्त्री वर्षमान पुनले पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ । त्यस्तै, अर्थमन्त्री पुनले नै राष्ट्र ऋण उठाउने विधेयक र भन्सार महसुल विधेयकमाथि छलफल गरी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

    कार्यसूची : 

    १.'आर्थिक विधेयक, २०८१'माथि छलफल हुने ।

    २.'आर्थिक विधेयक, २०८१' माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ 
       प्रस्तुत गरिने ।

    ३.अर्थ मन्त्री वर्षमान पुनले:

    (क) 'आर्थिक विधेयक, २०८१ लाई पारित गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्ने ।
    (ख) 'राष्ट्र ऋण उठाउने विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्ने ।

    ४. 'राष्ट्र ऋण उठाउने विधेयक, २०८१' माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने ।

    ५. अर्थ मन्त्री वर्षमान पुनले :

    (क) 'राष्ट्र ऋण उठाउने विधेयक, २०८१ लाई पारित गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्ने ।
    (ख) 'भन्सार महसुल विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्ने ।

    ६. 'भन्सार महसुल विधेयक, २०८१' माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने ।

    ७.अर्थ मन्त्री वर्षमान पुनले 'भन्सार महसुल विधेयक, २०८१ लाई पारित गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्ने ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट