Sep 08 2024 | २०८१, भदौ २३ गते

एकीकृत समाजवादीको महाधिवेशनमा नजान पार्टीका नेताहरुलाई ओलीको निर्देशन 

एकीकृत समाजवादीको महाधिवेशनमा नजान पार्टीका नेताहरुलाई ओलीको निर्देशन 

एभरेष्ट हेडलाइन्स
आइतबार, असार १६ २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, असार १६ २०८१
  • एकीकृत समाजवादीको महाधिवेशनमा नजान पार्टीका नेताहरुलाई ओलीको निर्देशन 

    काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेकपा (एकीकृत समाजवादी) को महाधिवेशनमा नजाने भएका छन् । एकीकृत समाजवादीको १०औं महाधिवेशन आज (आइतबार) उद्घाटन हुँदैछ ।

    images
    images

    उद्घाटन समारोहमा एकीकृत समाजवादीले संसद्मा रहेका सबै दलहरु र संसद् बाहिरका महत्वपूर्ण घटकहरुलाई समेत निमन्त्रणा पठाइएको छ । एमाले अध्यक्ष ओलीलाई निमन्त्रणा पठाइएको भएपनि उनी महाधिवेशनमा नजाने निश्चित भएको बालकोट स्रोतले बताएको छ ।

    महाधिवेशनमा सहभागी नहुने निर्णयमा पुगेका ओलीले पार्टीका अरु नेताहरुलाई पनि नजान भनेको छन् । एकीकृत समाजवादी सत्ता समीकरणको घटक भएपनि ओली र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीचको सम्बन्ध राम्रो छैन ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

      ताजा अपडेट