Sep 08 2024 | २०८१, भदौ २३ गते

एकीकृत समाजवादीको महाधिवेशन काठमाण्डौमा, प्रधानमन्त्री प्रचण्डसहितका नेताहरूले शुभकामना दिए

एकीकृत समाजवादीको महाधिवेशन काठमाण्डौमा, प्रधानमन्त्री प्रचण्डसहितका नेताहरूले शुभकामना दिए

एभरेष्ट हेडलाइन्स
आइतबार, असार १६ २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, असार १६ २०८१
  • एकीकृत समाजवादीको महाधिवेशन काठमाण्डौमा, प्रधानमन्त्री प्रचण्डसहितका नेताहरूले शुभकामना दिए

    काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को १० औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँमा शुरु भएको छ । काठमाडौँको नेपाल प्रज्ञा प्रतिष्ठानमा अध्यक्ष माधवकुमार नेपालले महाधिवेशनको उद्घाटन गरेका छन् । उद्घाटनअघि नेताहरूसहितको र्‍याली निस्किएको थियो ।

    images
    images

    महाधिवेशनको उद्घाटन सत्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, चित्रबहादुर केसी, उपेन्द्र यादव, डाक्टर सीके राउत, रञ्जिता श्रेष्ठ लगायत राजनीतिक दलका शीर्ष नेताहरू पुगेका छन् । उनीहरूले एकीकृत समाजवादीलाई शुभकामना दिने कार्यक्रम छ ।

    यही असार २० गतेसम्म चल्ने महाधिवेशनमा देशभरिबाट एक हजार आठ सय ४७ जना प्रतिनिधि आएका एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले बताए । २००६ सालमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा स्थापना भएको पार्टीकै निरन्तरताका रूपमा १० औँ महाधिवेशन आयोजना गरिएको उनको भनाइ छ ।

    झन्डै तीन वर्षअघि एमालेबाट अलग भई नेकपा (एकीकृत समाजवादी) गठन भएको थियो । पार्टीका अध्यक्ष माधवकुमार नेपालले महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेजसमेत तयार भइसकेको जानकारी दिएका छन् ।

    पार्टी विधानअनुसार केन्द्रीय कमिटी दुई सय ९९ सदस्यीय, पदाधिकारी सङ्ख्या २१ जना र पार्टी केन्द्रीय कमिटीले निर्णय गरी सम्मानित नेता र वरिष्ठ नेताको व्यवस्था गरिने पार्टीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट