Sep 08 2024 | २०८१, भदौ २३ गते

भाषणमा जनताको चिन्ता गर्ने नेताहरू व्यवहारमा उल्टो छन्  : सभापति लामिछाने

भाषणमा जनताको चिन्ता गर्ने नेताहरू व्यवहारमा उल्टो छन्  : सभापति लामिछाने

एभरेष्ट हेडलाइन्स
आइतबार, असार १६ २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, असार १६ २०८१
  • भाषणमा जनताको चिन्ता गर्ने नेताहरू व्यवहारमा उल्टो छन्  : सभापति लामिछाने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रव लामिछानेले अहिले लोकतन्त्रलाई खतरा आयो भनेर चिन्ता लिनुपर्ने जरुरी नभएको बताएका छन् ।

    images
    images

    नेकपा एकीकृत समाजवादीको आइतबार प्रज्ञा भवनमा सुरु दशौँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यसो भनेका हुन् । ‘धेरै लामो समय यहाँहरूको लिन चाहन्न। पछि जन्मिएकोले धेरै ठूलो कुरो गर्नु हुँदैन। म बढी बोल्दिन । म बोलीले पीडित भएको हुनाले यसलाई घटाउँछु । एउटा कुरा चाहिँ मैले भनेँ, २००७ सालदेखि आजसम्म सधैँभरि लोकतन्त्रमा खतरा खतरा । आज पनि यो मञ्चमा त्यही कुरा गरिँदैछ’, उनले भने, ‘हामीले सबै चिज प्राप्त गरिसक्यौँ । अधिकारका रुपमा, संविधानका रुपमा, व्यवस्थाका रुपमा पाइसकेका छौँ ।’

    उनले अहिले पनि नेताहरूले लोकतान्त्रिक गणतान्त्रिक संविधान खतरामा रहेको भनेकोमा उनले गुनासो गरे । ‘हामीले सबै कुरा प्राप्त गरिसक्दा पनि मुलुक बडो विषम परिस्थितिमा छ। लोकतन्त्रलाई खतरा छ भनिएको छ’, उनले भने, ‘गरिब किसानहरूले, मजदुरहरूले, काम ? गरेर खाने मान्छेहरुले खतरामा पारे कि अरु कसले अप्ठ्यारोमा पार्यो ’, उनले भने, ‘आमजनता सधैँ नेतृत्वको प्राथमिकतामा पर्नु पर्छ। तर यहाँ त अलग अलग भयो । नेताहरूले लोकतान्त्र खतरा पारेकोमा चिता लिनु पर्दैन । जनताले लिन्छ्न ।’

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

      ताजा अपडेट