Sep 08 2024 | २०८१, भदौ २३ गते

प्रतिनिधिसभाः विपद्मा परेकाको उद्धारमा ध्यान दिन सरकारको ध्यानाकर्षण (लाइभ)

प्रतिनिधिसभाः विपद्मा परेकाको उद्धारमा ध्यान दिन सरकारको ध्यानाकर्षण (लाइभ)

एभरेष्ट हेडलाइन्स
आइतबार, असार १६ २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, असार १६ २०८१
  • प्रतिनिधिसभाः विपद्मा परेकाको उद्धारमा ध्यान दिन सरकारको ध्यानाकर्षण (लाइभ)
    काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले प्राकृतिक विपद्मा परेकाहरुलाई राहत वितरण र उद्धारमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन् । 
     
    सभाको आकस्मिक समयमा सांसद देवेन्द्र पौडेलले बाग्लुङ गलकोट नगरपालिका–८ काँडेबासका प्रेम विक र वसन्ती विकले बाढीमा पुरिएर मृत्यवरण गर्नु परेको भन्दै सरकारको ध्यानाकर्षण गराए। उनले स्याङ्जा र गुल्मीमा बाढीपहिरोको कारण पछिल्लो चार दिनमा ३० जनाको ज्यान गएको समेत उल्लेख गरे । “बाढी पूर्वानुमान महाशाखाले बाढीको जानकारी मात्रै दिएर पुग्दैन, पीडित घाइतेहरुलाई राहत र उपचारको व्यवस्था पनि गर्नुपर्छ”, उनले भने ।
     
    सांसद चन्द्रकान्त भण्डारीले गुल्मीको मालिका गाउँपालिका–६ मा एउटै परिवारका पाँचजनाको परिवारले ज्यान गुमाउनु परेको उल्लेख गर्दै प्राकृतिक प्रकोपको जोखिममा परेकाको उद्धार छिटो र छरितो हुनुपर्नेमा जोड दिए ।
     

     

    images
    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट