Nov 24 2024 | २०८१, मंसिर ९ गते

images

प्रतिनिधिसभा बैठक बस्दै, गृह, अर्थ र शिक्षा मन्त्रीले जवाफ दिने 

प्रतिनिधिसभा बैठक बस्दै, गृह, अर्थ र शिक्षा मन्त्रीले जवाफ दिने 

एभरेष्ट हेडलाइन्स
सोमबार, असार १७ २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, असार १७ २०८१
  • प्रतिनिधिसभा बैठक बस्दै, गृह, अर्थ र शिक्षा मन्त्रीले जवाफ दिने 

    काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।

    images
    images
    images

    आजको बैठकमा गृह, अर्थ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत सम्बन्धित मन्त्रीहरूले सांसदले उठाएका मौखिक प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ । यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘लोकसेवा आयोगको ६४औँ वार्षिक प्रतिवेदन (२०७९ श्रावण–२०८० आषाढ) पेस गर्ने कार्यक्रम छ ।

    यसैगरी, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बहादुर बस्नेतले ‘जलस्रोत विधेयक, २०८१ माथि विचार गरियोस्’ भनी प्रस्ताव पेस गर्ने छन् । अर्थमन्त्री वर्षमान पुनले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० लाई समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्ने छन् ।

    उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८१ माथिको दफावार छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । 

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार