Sep 08 2024 | २०८१, भदौ २३ गते

प्रधानमन्त्री र ओलीबीच आज पनि भेटवार्ता 

प्रधानमन्त्री र ओलीबीच आज पनि भेटवार्ता 

एभरेष्ट हेडलाइन्स
सोमबार, असार १७ २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, असार १७ २०८१
  • प्रधानमन्त्री र ओलीबीच आज पनि भेटवार्ता 

    काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बिहान भेटवार्ता भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेपछि प्रधानमन्त्री दाहालसँग दुई दिन लगातार भेटघाट गरेका हुन्

    images
    images

    ओलीले शनिबार आफ्नै निवास बालकोटमा कांग्रेस सभापति शेरबहादुर देउवासँग तीन घण्टा वार्ता गरेका थिए । त्यसपछि प्रधानमन्त्री दाहालसँग आइतबार र सोमबार लगातार ओलीले भेट गरेका हुन् ।

    सोमबार बिहान भएको भेटवार्ताको विषय सार्वजनिक भएको छैन । प्रधानमन्त्री दाहालका स्वकीय सचिव रमेश मल्लले प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा समसामयिक राजनीतिक परिस्थिति, सरकारका कामकारबाही, शान्ति प्रक्रियाका बाँकी काम टुंगो लगाउने विषयमा छलफल भएको जानकारी दिए ।

    त्यस्तै दुई नेताबीच संक्रमणकालीन न्याय सम्पादनलगायतका समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।

    राजनीतिक वृत्तमा देउवा र ओलीबीचको भेटले नयाँ सत्ता समिकरढा हुन लागेको चर्चा परिचर्चा भइरहेको छ । यस्तो चर्चाबीच प्रधानमन्त्री दाहालसँग ओलीको दुई दिनमै लगातारा दोस्रो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

    आइतबार दाहाल र ओलीबीच एक घण्टा वार्ता भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने पनि थपिएका थिए ।

    ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सत्ता साझेदारीका विषयमा छलफल भएका खबरहरू सार्वजनिक भएपछि सरकारको नेतृत्वकर्ता दल माओवादी, प्रधानमन्त्री दाहाल र सत्ता साझेदार दल रास्वपामा छटपटी सुरु भएको नेताहरू बताउँछन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट